शुक्लागण्डकीमा सप्ताहव्यापी रूपमा ३२ औँ विश्व आदिवासी जनजाति दिवस मनाइने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १८

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले ३२ औँ विश्व आदिवासी जनजाति दिवस साउन १८ देखि २४ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ । परिषद्ले सोमबार खैरेनीटारमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिवसका अवसरमा सञ्चालन गरिने विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो ।

परिषद्का अध्यक्ष कुलकुमार कुमालका अनुसार दिवसको मूल समारोह साउन २४ गते शुक्लागण्डकी नगरपालिकाको खुला मैदानमा आयोजना गरिनेछ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन १९ एक्ले डाँडा क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण गरिने भएको छ । त्यस्तै साउन २० गते ‘आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता, साउन २१ गते बेलचौतारामा महिला तथा युवा लक्षित बृहत् अन्तरक्रिया गरिने भएको छ ।

त्यसैगरि साउन २२ गते जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम, साउन २३ गते मूल समारोहको पूर्वतयारी बैठक तथा साउन २४ गते भव्यरुपमा मूल समारोह आयोजना गरिने अध्यक्ष कुमालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका सल्लाहकार संयोजक खिम कुमालले आदिवासी जनजाति समुदायको स्थापित अधिकारको संरक्षण, अधिकार प्राप्तिका लागि आवाज उठाउनुका साथै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले सुनिश्चित गरेका अधिकारहरूको पूर्ण कार्यान्वयनका लागि सरकारलाई दबाब दिने उद्देश्यले दिवस मनाउन लागिएको स्पष्ट पारे ।

त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव विमल भुजेलले साउन २४ गतेको मूल समारोहमा नगरभित्रका नौ वटा जातीय संगठनको सहभागिता रहने जानकारी दिए । सो अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक कला–संस्कृतिको प्रस्तुति तथा रैथाने खानाका परिकारहरूको प्रदर्शनीसमेत आयोजना गरिने उनले बताए ।

महासंघकी सचिव विर्षना श्रेष्ठले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा नगरका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय