लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १८

तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय सञ्चार माध्यमहरूलाई सूचीकृत हुन आवेदन आह्वान गरेको छ ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचना अनुसार ‘व्यास नगरपालिकामा कार्यरत सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि, २०८०’ को अनुसूची २ को ढाँचामा आवश्यक कागजातसहित १५ (पन्ध्र) दिनभित्र दरखास्त दिन आग्रह गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा हस्ताक्षरित सूचनामा सूचीकृत हुनका प्रचलित कानुन बमोजिम संस्था तथा सञ्चार माध्यम दर्ता प्रमाणपत्रको प्रतिलिपि, इजाजत पत्र/अनुमति पत्र नवीकरण भएको प्रमाण, संस्थाको स्थायी लेखा नम्बर (पान) प्रमाणपत्रको प्रतिलिपि, सञ्चालकको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण, प्रबन्धपत्र/विधान/नियमावलीको प्रतिलिपि (कानुनी आधार), अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि एवं लेखा परीक्षण प्रतिवेदन तथा सञ्चार माध्यम नियमित सञ्चालनमा रहेको एक वर्ष पुरा भएको प्रमाण पेश गर्न अनुरोध गरिएको छ ।

नगरपालिकाले टेलिभिजनको हकमा भू–सतही, भू–उपग्रह तथा केवलबाट प्रसारण भएको प्रमाणपत्र, अनलाइन सञ्चार माध्यमको हकमा सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएको प्रमाण, प्रसारण तथा प्रकाशन सम्बन्धी स्वघोषणा, प्रसारण माध्यमले १० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रिले प्रसारण गरेको प्रमाण, प्रशारण संस्था÷टेलिभिजनको हकमा वर्षमा कम्तिमा ३०० दिन नियमित प्रसारण भएको, दैनिक पत्रपत्रिकाको हकमा वर्षमा कम्तिमा ३०० दिन प्रकाशन भएको र साप्ताहिक पत्रिकाको हकमा वर्षमा कम्तिमा ४० अंक प्रकाशन भएको स्वघोषणा पत्र पेश गर्न अनुरोध गरिएको छ ।

इच्छुक तथा योग्य सञ्चार माध्यमहरूलाई तोकिएको म्यादभित्र आवश्यक सम्पूर्ण कागजात संलग्न गरी व्यास नगरपालिकामा दरखास्त दिन सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता