आमाको स्मृतिमा पञ्चमुनिदेव माविमा १ लाख ११ हजारको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको “आमा बुधमाया अक्षयकोष” स्थापना गरिएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक एवम् कक्षा ११/१२ संयोजक लक्ष्मण पुरी तथा उनको परिवारले स्वर्गीय आमा बुधमाया पुरीको स्वर्गारोहण भएको ४५ औँ दिनको पुण्य तिथिमा उक्त कोष स्थापना गरेका हुन् । लक्ष्मणका बुबा दामोदर पुरीसहित दाजुभाइहरू भेषराज, कृष्ण, मोहनराज र मीनराज पुरीको परिवारले संयुक्त रूपमा सो रकमको चेक मंगलबार विद्यालयका प्रधानाध्यापक विमल जोजिजुलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयका अनुसार अक्षयकोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिनेछ । सोही कार्यविधिको आधारमा कोषबाट प्राप्त हुने ब्याजबाट जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई वार्षिक रूपमा छात्रवृत्ति वितरण गरिनेछ ।

आफ्नो पठनपाठन र कर्मथलो रहेको विद्यालयमा आमाको नाम जीवन्त राख्न र गरिब तथा असहाय विद्यार्थीको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पुरी परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय