तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रहरी टोलीले मंगलबार बिहान ४ बजेदेखि ७ बजेसम्म सडकमा गुड्ने विभिन्न सवारी साधनका चालकहरूलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धी सम्झाइबुझाइ गराएको छ । सञ्चालित सचेतना कार्यक्रममा ठुला सवारी साधन ६१ वटा, ४ पाङ्ग्रे साना सवारी साधन ३५ वटा, दुई पाङ्ग्रे सवारी साधन २१ वटालाई सम्झाईबुझाई गराएको छ ।

यसैगरी, जिल्लामा शान्ति सुरक्षा कायम राख्न, लागुऔषध नियन्त्रण, अवैध मदिरा, चोरी तथा प्राकृतिक स्रोत साधनको अनाधिकृत प्रयोग नियन्त्रण र फरार अभियुक्त पक्राउका लागि प्रहरीले विशेष अपरेसन चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेसन’ का क्रममा ९ जना शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकामध्ये ४ जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाइएको छ भने बाँकी ५ जनामाथि थप अनुसन्धान भइरहेको छ ।

यसैगरि पृथ्वीराजमार्ग हुँदै तनहुँ भित्रिने भारतीय सवारी साधनहरूलाई लक्षित गर्दै प्रहरीले विशेष सडक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि इलाका प्रहरी कार्यालय वेलचौतारा र इलाका प्रहरी कार्यालय आँबुखैरेनीले मंगलबार दिनभर सो कार्यक्रम सञ्चालन गरेका हुन् ।

बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालित अभियानका क्रममा जिल्ला प्रवेश गर्ने भारतीय गाडीका चालकहरूलाई सडकको अवस्था, गति नियन्त्रण, मौसमको मौजुदा स्थिति र ट्राफिक नियमबारे सम्झाइबुझाइ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त क्रममा इलाका प्रहरी कार्यालय वेलचौताराले ४३ वटा भारतीय सवारी साधन र इलाका प्रहरी कार्यालय आँबुखैरेनीले ३१ वटा गरि जम्मा ७४ वटा भारतीय सवारी साधनका चालकहरूलाई सचेत गराइएको प्रहरीले जनाएको छ । मनसुनका कारण सडक चिप्लो हुने र पहिरोको जोखिम रहने भएकाले सम्भावित दुर्घटनाबाट जोगिन चालकहरूलाई सचेत गराउने उद्देश्यले यो अभियान चलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता