शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन दिन २१ दिने सूचना जारी गरेको छ । नगर कार्यपालिकाले मंगलबार सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, २०८३ बमोजिम निवेदन पेस गर्न अनुरोध गरेको हो ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा वडा नम्बर ५, ६ र १० कार्यालयमा आगजन गरिँदा ति वडा कार्यालयमा रहेका फारमहरु जलेर नष्ट भएकोले ती वडाका सम्पूर्ण व्यक्ति वा परिवारले पुनः फारम भर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
त्यसैगरि जेनजी आन्दोलनको क्रममा वडा नम्बर १, ३ ४ र ९ मा संकलित फारमहरु केही मात्रामा क्षति भएकोले वडा कार्यालयबाट प्रकाशित सुचना हेरेर विवरण छुटेको अवस्थामा पुनः निबेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । इच्छुक तथा योग्य नागरिकहरूले अनुसूची ३ र ४ बमोजिमको फारम भरी सम्बन्धित वडा कार्यालयमा २०८३ भदौ ०८ गतेसम्म सम्पर्क गरी फारम बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति, तनहुँको मिति २०८३ श्रावण १८ गतेको सार्वजनिक सूचनाका आधारमा निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलद्वारा जारी सूचना अनुसार सम्बन्धित व्यक्ति तथा परिवारले आफूले बसोबास गरेको वा आबाद कमोद गरेको जग्गा पाउनका लागि आवश्यक कागजातसहित तोकिएको ढाँचामा निवेदन फारम पेश गर्नुपर्नेछ ।

यसैविच भूमि समस्या समाधान समिति, जिल्ला समिति तनहुँले शुक्लागण्डकी नगरपालिकाभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूका लागि २१ दिने सूचना जारी गर्दै पुनः निवेदन आह्वान गरेको छ । समितिले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आगजनीबाट नष्ट भएका निवेदन तथा फारमहरू पुनः संकलन गर्न लागिएको जनाएको हो ।

जेन्जी आन्दोलनका क्रममा शुक्लागण्डकी नगरपालिका दुलेगौंडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका निवेदन फाइलहरू आगजनी परी नष्ट भएका थिए । भूमि समस्या समाधान समिति ताहाचल, काठमाडौँको साउन ६ गतेको पत्र र अधिकार प्रत्यायोजन बमोजिम जिल्ला समिति तनहुँको साउन १४ गतेको निर्णयानुसार यो लगत संकलन प्रक्रिया अघि बढाइएको हो ।

शुक्लागण्डकी नगरपालिका अन्तर्गतका सम्बन्धित भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले जग्गा प्राप्तिका लागि समितिले तोकेको ढाँचा बमोजिमको फारम भरेर साउन १८ गतेदेखि २१ दिनभित्र नगरपालिकाका तोकिएका वडा कार्यालयहरूमा पेस गर्नुपर्ने समितिले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता