भानु नगरपालिकामा रासायनिक मलको हाहाकारः मागको १० प्रतिशत पनि आएन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २०

तनहुँको भानु नगरपालिकामा रासायनिक मलको तीव्र अभाव भएपछि किसानहरू मार्कामा परेका छन् । नगरपालिकाको कृषि विकास शाखाले माग गरेअनुसारको मल प्राप्त नहुँदा बजारमा रासायनिक मलको हाहाकार भएको हो ।

कृषि विकास शाखाले गत साउन १२ गते पत्र पठाउँदै ३ हजार ४० बोरा युरिया, ६० बोरा डिएपी र १० बोरा पोटास मलको माग गरेको थियो । तर गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले साउन १५ गतेको पत्रमार्फत भानुका लागि कुल मागको १० प्रतिशत पनि नपुग्ने गरी मात्र मल उपलब्ध गराएको छ ।

संघीय सरकारबाट प्राप्त कोटा अनुसार भानु नगरपालिकाकालागि २० टन (४०० बोरा) युरिया र २० टन (४०० बोरा) डिएपी मात्रै विनियोजन गरिएको कृषि शाखाले जनाएको छ ।

मलको परिमाण निकै कम भएपछि सोमबार बसेको स्थानीय मल वितरण व्यवस्थापन समितिको बैठकले प्राप्त सीमित मलको वितरण योजना बनाएको छ । नगरपालिकाले प्राप्त भएको मललाई ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ को दफा २८ बमोजिम न्यायोचित तरिकाले किसानहरूलाई बाँड्ने तयारी थालेको छ ।

संघ तथा प्रदेशबाटै न्यून कोटा तोकिएर आएकाले समस्या उत्पन्न भएको भन्दै नगरपालिकाले कृषकहरूका लागि थप मल आपूर्तिको व्यवस्था मिलाउन माथिल्लो निकायहरूसँग निरन्तर पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता