देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

Devghat Online

शेयर गरौ

देवघाट । साउन २०

देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने तमु (गुरुङ) भाषा तथा खेमा लिपि सम्बन्धी प्रशिक्षण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । उक्त कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले उद्घाटन गरे ।

तमु ह्युला छोज धीं गुरुङ राष्ट्रिय परिषद देवघाट गाउँपालिका इकाई समितिका अध्यक्ष एवं देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागी शिक्षकहरूलाई प्रशिक्षणमा सक्रिय सहभागिताका लागि प्रोत्साहन गरे ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि एवं देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युब्न कुमार खड्का र इकाई सल्लाहकार सदस्य भीम बहादुर गुरुङले पनि तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा देवपुर टोल सुधार समितिका अध्यक्ष शुकलाल गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

तालिममा प्रमुख प्रशिक्षक भीम प्रसाद गुरुङले तमु भाषा तथा खेमा लिपि सम्बन्धी व्यावहारिक प्रशिक्षण दिएका छन् । तीन दिनसम्म सञ्चालन हुने यस प्रशिक्षणमा देवघाटका विभिन्न विद्यालयका २२ जना तमु शिक्षक–शिक्षिका प्रशिक्षार्थीका रूपमा सहभागी रहेका छन् । तालिम विहिबार सम्पन्न हुनेछ ।

कार्यक्रममा नेछेन थर्बालिङ बौद्ध गुम्बाका प्रमुख गुरु न्वाङ पेमा लेम गुरुङ, देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणि गुरुङ, वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङ, गुम्बाकी अध्यक्ष आशा गुरुङ, कार्यपालिका सदस्य बाबुराम परियार, इकाई सल्लाहकार पदम बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता