पहिरोले बुद्धसिंह मार्ग अवरुद्ध, बाटो खुलाउने प्रयास जारी

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

केही दिनदेखिको लगातार वर्षाका कारण तनहुँको व्यास नपा १४ मा पर्ने मास्दीघाट क्षेत्रमा पहिरो जाँदा बुद्धसिंह मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबारदेखि सडक ठप्प हुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण, बिरामी, वृद्धवृद्धा तथा विद्यालय जाने बालबालिका गम्भीर समस्यामा परेका छन् ।

स्थानीय सेतीगंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सिद्धान्त गर्जामगरका अनुसार मास्दीघाटका साथै ढाप लगायतका अन्य स्थानमा पनि पहिरो खसेको छ । पहिरोका कारण बन्दीपुर गाउँपालिका–६ खहरे, देवघाट र आँबुखैरेनी गाउँपालिकाका केही वडाका स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ ।

सडक खुलाउ डोजरको प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । बुधबार बिहान स्थानीयवासीले ढुंगा–माटो पन्छाएर पैदल यात्रु हिँडडुल गर्न सक्नेसम्मको बाटो बनाएका छन् । पहिरोको कारण बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक सडक अवरुद्ध हुँदा मारमा परेका छन् ।

गण्डकी प्रदेशको गौरवको आयोजना मानिने यो मार्गले तनहुँको सदरमुकाम दमौलीलाई चितवनको घुमाउनेसँग जोड्छ । तराईका जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो वैकल्पिक सडक हो । घुमाउनेमा पक्की पुल निर्माण भएपछि यो मार्ग हुँदै यात्रा गर्दा पृथ्वी राजमार्गको मुग्लिन–नारायणगढ खण्डको तुलनामा करिब २५ किलोमिटर दुरी छोटो हुनेछ । यद्यपी घुमाउनेको निर्माणाधिन पुलको भविष्य अन्यौलमा परेको छ । घुमाउनकोे साटो त्यही नजिकै कतै बैकिल्पक स्थानमा पक्की पुल बनाउने विषयमा सडक विभागले परामर्श गरिरहेको छ ।

हरेक वर्ष वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुने गरेको भन्दै स्थानीयले यसको दीर्घकालीन समाधानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय