कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गर्नुका साथै गत आर्थिक वर्ष २०८२/०८३ को कार्य प्रगति समीक्षा गरेका छन् । भेटेरिनरी अस्पतालको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दुवै कार्यालयले आ–आफ्नो बजेट तथा नीतिगत कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारतर्फ ६ करोड ५९ लाख रुपैयाँ र संघीय सरकारतर्फ ३० लाख रुपैयाँ गरी कुल ६ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा विद्यालय कृषि शिक्षा कार्यक्रम, प्रयोगशाला सेवा विस्तार, स्थानीय तहमा कृषि शिविर, एकीकृत शत्रुजीव व्यवस्थापन, कृषक पाठशाला, अध्ययन–अनुसन्धान तथा उत्कृष्ट कृषक पुरस्कार लगायतको कार्यक्रम गर्ने भएको छ । कृषि उत्पादकत्वको वृद्धि, आधुनिक प्रविधिको विस्तार र कृषकको क्षमता अभिवृद्धि गर्ने कार्यालयको मुख्य उद्देश्य रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

त्यसैगरि भेटेरिनरी अस्पताल तनहुँको चालु आर्थिक वर्षकोलागि ७ करोड ५३ लाख बजेट रहेको छ । कार्यालय प्रमुख मत्स्य विकास अधिकृत रविनसन अधिकारीका अनुसार पशुपालन प्रवद्र्धन र किसानको आयआर्जन वृद्धिका लागि कुल ७ करोड ५३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

कार्यालयले दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १ करोड २८ लाख रुपैयाँ, प्रशासनिक चालु खर्चतर्फ १ करोड ९६ लाख १० हजार रुपैयाँ र कालीगण्डकी करिडोर लक्षित कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त कार्यालयले पशुस्वास्थ्य सुधार, व्यावसायिक पशुपालन प्रवद्र्धन र दूध उत्पादनमा आत्मनिर्भरता कार्यक्रमलाई मुख्य प्राथामिकतामा राखेको कार्यालय प्रमुख अधिकारीले बताए ।

उक्त कार्यक्रममा दुबै कार्यालयद्वारा अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित योजनाहरूको भौतिक तथा वित्तीय प्रगति, हासिल भएका उपलब्धि र कार्यसम्पादनमा देखिएका चुनौतीहरूबारे समेत समीक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका