ऋषिङ गाउँपालिकामा गत आवको वार्षिक समीक्षा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

ऋषिङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित विकास निर्माण तथा वार्षिक कार्यक्रमहरूको समग्र प्रगति समीक्षा कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त समीक्षा कार्यक्रममा गत आवमा सञ्चालित भौतिक पूर्वाधार, सामाजिक विकास, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको अवस्थाबारे गहन छलफल गरिएको थियो । साथै, आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनाहरूलाई समयमै सम्पन्न गर्ने र जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी एवम् परिणाममुखी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

उक्त कार्यक्रममा गत आव २०८२/०८३ मा गाउँपालिकाभर सञ्चालित योजना, हासिल भएका उपलब्धि तथा कार्यसम्पादनका क्रममा भोग्नुपरेका व्यावहारिक चुनौतीहरूबारे समीक्षा गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीय नागरिकलाई दिइने सेवालाई सहज, छरितो र उत्तरदायी बनाउने प्रतिबद्धता जनाए ।

प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाले विकास योजनाहरूको गुणस्तर कायम गर्दै आगामी दिनमा बजेटको अधिकतम सदुपयोग गरिने बताए । उक्त कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता