राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित भिडलाई व्यवस्थित गर्न र साताका अन्तिम दिन शनिबार र आइतबार समेत सेवा सुचारु गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यानाकर्षण गराएको छ ।

रास्वपा तनहुँका सभापति विश्व बास्तोलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार प्रमुख जिल्ला अधिकारी तिवारीलाई भेटेर नागरिकले सास्ती भोग्नु परेको भन्दै ध्यानाकर्षण गराएको हो । उक्त भेटमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको भिड व्यवस्थापन गर्ने र शनिबार तथा आइतबारसमेत सेवा सुचारु गर्ने विषयलाई सहज रूपमा अगाडि बढाउने प्रजिअ तिवारीले प्रतिबद्धता जनाए ।

यस्तै रास्वपाका नेताहरुसँगको भेटमा भूमि आयोगसँग जोडिएका स्थानीयका गुनासा र समस्याहरू चाँडै समाधान गरिने जानकारी दिएका थिए भने बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आवश्यक कदम चालिने र समस्या छिट्टै समाधान हुने प्रजिअ तिवारीले आश्वासन दिनुभएको रास्वपा व्यास नगर समितिका सभापती चुडामणी दाहालले जानकारी दिए ।

नागरिकका दैनिक समस्या र सेवा प्रवाहलाई छिटो–छरितो बनाउन प्रशासन गम्भीर हुनुपर्नेमा जोड दिँदै रास्वपा तनहुँले सहजीकरणका लागि आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता