भिमादबाट चोरी भएको मोटरसाइकल आँबुखैरेनीमा फेला, सवारीधनीलाई हस्तान्तरण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

गत साउन ६ गते राति तनहुँको भिमाद नगरपालिका–६ क्याम्पसरोडबाट चोरी भएको मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

भिमादबाट चोरी भएको ग १३ प ८३६० नम्बरको पल्सर मोटरसाइकल आँबुखैरेनी ट्राफिक प्रहरी कार्यालयको टोलीले फेला पारेको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी ट्राफिक प्रहरीले उक्त मोटरसाइकलका धनी सूर्यकुमार श्रेष्ठलाई जिम्मा लगाएको छ ।

चोरीको सूचना पाएलगत्तै खोजीमा खटिएको आँबुखैरेनी ट्राफिक प्रहरी टोलीले मोटरसाइकल फेला पारेको हो । चोरी भएको आफ्नो मोटरसाइकल खोजी गरी सहज रुपमा फिर्ता गराएको भन्दै सवारीधनी श्रेष्ठले आँबुखैरेनी ट्राफिक प्रहरी कार्यालय र खटिने प्रहरी टोलीप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता