विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

Devghat Online

शेयर गरौ

सिद्धान्त गर्जामगर

नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक अंगमा समान पहुँच, समान प्रतिनिधि, समान अधिकार सहितको सामाजिक न्यायको निम्ति जन्मिएको एक सामाजिक संस्था हो नेपाल आदिवासी जनजाति महासंघ । नेपालको कुल जनसंख्याको करिब ३८ प्रतिशत समुदाय अर्थात ६० जाति यस संस्था भित्र पर्दछ्न । तत्कालीन अबस्थामा एकदलीय शासन ब्यबस्थाको अन्त्य भइ नेपालमा बहुदलीय ब्यबस्थाको उदय पश्चात् नेपाल आदिवासी जनजाति महासंघ नेपाल मगर लाङघाली समाजको समन्वय र मगर संघको तत्कालीन महासचिव शुरेश आले मगरज्युको नेतृत्वमा यस् संस्थाले मुर्तरुप लिइएको थियो ।

हाल आएर ७० भन्दा बढी जिल्ला, करिब २२ भन्दा बढी वैदेशिक शाखा र ६५० भन्दा बढी स्थानीय तह र ७ वटा भातृ संस्था (नेपाल आदिवासी जनजाति युवा महासंघ, विद्यार्थी महासंघ, महिला महासंघ, शिक्षक महासंघ, आदि आबद्ध छन् । ‘पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको ३२ औं बिश्व आदिवासी दिबसको पुनित अबसरमा नेपालमा मात्र नभईकन बिश्व भरिका आदिवासी रैथानेहरुले मानव सभ्यता, भाषिक र सस्कृतिक सभ्यतालाई सुदृढीकरण गर्दै पुस्तान्त्रण र हस्तान्तरण कार्यमा तिब्रता दिइदै आएको छ ।

श्रावण २४ (अगष्ट ९) बिशेष दिन भएता पनि एक हप्ता अगाडि देखिनै गोष्ठी, अभिमुखिकरण कार्यक्रम, आदिवासी जनजातिसँग सम्बन्धित आइएलओ १६९, पहिचानको सान्दर्भिकता, संबिधानमा आदिवासी जनजातिको हकअधिकार, सरकारी कामकाजमा मातृ भाषाको प्रयोग र औचित्य सन्दर्भमा बृहत् अन्तरक्रिया, बिचार बिमर्श र गोष्ठी गर्दै आएका छन् । आदिवासी जनजाती सन्दर्भमा संबिधानमा जति उल्लेख र लेखिएता पनि कार्यन्वयन सन्दर्भ राज्य अझैसम्म गंभिर भएको पाइदैन र देखिदैन ।

स्थानीय सरकार अझसम्म आदिवासीय ज्ञान बाटनै आधुनिक बिज्ञान भएको हो भन्ने सन्दर्भमा दिक्षित भएका छैनन् । अतः यसरीनै राज्यले उपेक्षित गर्दै जाने हो भने अबको निर्माम आन्दोलन र बिद्रोह आदरणीय जनजातिबाट नहोला भन्न सकिन्न । तसर्थ ३२ औं बिश्व आदिवासी जनजाति दिवसले सामाजिक न्याय, समान अधिकार, दायित्व र जिम्मेवारी प्राप्तिको निम्ति सामाजिक चेतना सहित थप मनोबैज्ञानिक उर्जा मिल्नेछ । सबै न्याय प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा हार्दिक शुभकामना !

लेखक नेपाल आदिवासी जनजाति महासंघ तनहुँका बरिस्ठ उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण