देवघाटका भूमिहीन दलित तथा सुकुम्बासीको घरजग्गामा स्थलगत निरीक्षण

Devghat Online

शेयर गरौ

देवघाट । साउन २५

देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई निःशुल्क जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसै क्रममा जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको छ ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा गएको टोलीले देवघाट गाउँपालिका वडा नम्बर १ मा रहेका १४ जना लाभग्राहीको घरजग्गामै पुगेर उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिएको हो । टोलीमा समितिका पदाधिकारीहरूका साथै देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारको भूमि सम्बन्धी गठन आदेश र नियमावली अनुसार गाउँपालिकाबाट सिफारिस भई आएका आवेदकहरूको दाबी, विरोध तथा संशोधनका लागि समितिले यसअघि नै सात दिने सार्वजनिक सूचना जारी गरिसकेको थियो । देशभर आफ्नो वा परिवारका कुनै पनि सदस्यको नाममा जग्गा–जमिन नभएका र आफ्नै आय–आर्जनबाट जग्गाको प्रबन्ध गर्न असमर्थ आवेदकहरूमाथि पर्न सक्ने दाबी, विरोध वा संशोधनका लागि दिइएको उक्त सूचनाको म्याद सकिएपछि स्थलगत निरीक्षण गरिएको हो ।

जिल्ला भूमि समस्या समाधान समितिका सदस्य एवं व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्थलगत अध्ययन सम्पन्न भएकाले अब लाभग्राहीहरूले चाँडै नै जग्गा प्राप्त गर्ने बताए ।

विद्यमान कार्यविधि अनुसार भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई हाल उनीहरूले उपभोग गर्दै आएको जग्गामध्येबाट पाहाडमा बढीमा ५ रोपनी १४ आनासम्म जग्गा निःशुल्क उपलब्ध गराउने प्रावधान रहेको छ । अनुगमन सम्पन्न भएसँगै लामो समयदेखि जग्गाविहीन अवस्थामा रहेका देवघाट वडा नम्बर १ का लाभग्राहीहरूमा खुसीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ