ग्यास अभावविरुद्ध अधिकारी दमौलीमा अनसनमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २५

तनहुँको सदरमुकाम दमौलीसहित देशभर चुलिएको खाना पकाउने ग्यासको अभाव विरुद्ध व्यास नपा–३ का माधव अधिकारीले अनसन सुरु गरेका छन् । ग्यासजस्तो अति आवश्यक वस्तुको सहज वितरण र आपूर्ति सुनिश्चित हुनुपर्ने माग राख्दै उनले व्यास नगरपालिका–३ स्थित अनसन चौतारीमा सोमबारदेखी अनसन सुरु गरेका हुन् ।

सर्वसाधारणले दैनिक उपभोग्य ग्यास पाउन छाडेपछि त्यसको विरोधमा उनले स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षणकोलागि अनसन बस्नुपरेको बताएका छन् । बजारमा ग्यासको कृत्रिम अभाव खडा गरिएको र घण्टौँ लाइनमा बस्दा समेत सर्वसाधारण रित्तो हात फर्किनुपरेको अधिकारीको गुनासो छ ।

अधिकारीले दमौली र वरपरका क्षेत्रमा ग्यासको आपूर्ति तुरुन्तै सहज बनाउनुपर्ने, कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही हुनुपर्ने भन्दै जनताको चुलो बल्न नपाउनु राज्यको लाचारी भएको बताए । नागरिकलाई ग्यासका लागि घण्टौँ लाइनमा उभ्याउने परिस्थिति अन्त्य हुनुपर्ने अधिकारीले भने ।

स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र ग्यास व्यवसायीहरू मिलेर तत्काल निकास नझालेसम्म अनसन जारी राख्ने उनले चेतावनी दिएका छन् । ग्यास नपाएर नागरिकको भान्सा नै ठप्प हुने अवस्था आउँदा समेत सम्बन्धित निकाय मूकदर्शक बनेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले