तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २५

तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमुना डिजाइन तथा प्राविधिक विशिष्टता अनुसार भवनको निर्माण गरिएको हो ।

सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय संरचनासहित तयार पारिएको यस नयाँ भवनले विद्यार्थीहरूका लागि अनुकूल र आधुनिक सिकाइ वातावरण सुनिश्चित गर्ने आयोजनाले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका विद्यार्थीहरूका लागि थप व्यवस्थित, सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण तयार भएको छ ।

स्थानीय तहमा सामाजिक पूर्वाधारको प्रवद्र्धन गर्दै समुदायको दीर्घकालीन शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा मद्दत पुग्ने आयोजनाले जनाएको छ ।

यस पहलले आयोजना प्रभावित क्षेत्रको समग्र सामुदायिक विकास र पूर्वाधार सुधारप्रति तनहुँ हाइड्रोपावर लिमिटेडको उत्तरदायित्वलाई थप मजबुत बनाएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले