प्रहरीको सक्रियताले तनहुँमा भारतीय गाडीबाट हुने दुर्घटना शुन्य

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २

सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय तनहुँले चलाएको सचेतना अभियान प्रभावकारी बनेको छ । तनहुँ जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई लक्षित गरी सञ्चालन गरिएको अभियानका कारण साउन महिनाभर भारतीय गाडीका कारण हुने दुर्घटना संख्या शून्यमा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार महिनामा तनहुँमा भारतीय सवारी साधन दुर्घटनामा पर्दा ३ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका थिए । सो पश्चात् प्रहरीले साउन महिनाभर चालकहरूलाई सडकको अवस्था, गति नियन्त्रण तथा मौसमको अवस्था लगायतका विषयमा सचेत गराएको थियो । तर साउन महिनामा भने दुर्घटना संख्या शून्यमा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसै अभियानलाई निरन्तरता दिँदै मंगलबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छ । इलाका प्रहरी कार्यालय वेलचौतारामा ५० जना चालकलाई सचेतना प्रदान गरिएको छ भने इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ३३ जना चालकलाई सचेतना प्रदान गरिएको जनाईएको छ ।

यस नियमित प्रयास र सचेतना कार्यक्रमले जिल्लाभित्र हुने सवारी दुर्घटनामा उल्लेखनीय कमी आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ