बाढीका कारण मृत भेटिएका माछा तथा पशुपन्छीको उपभोग नगर्न अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट । भदौ ११

देवघाट गाउँपालिकाले बाढीका कारण नदी तथा खोलानालामा बगाएर ल्याई मृत अवस्थामा भेटिएका माछा, पशुपन्छी तथा अन्य जनावरको उपभोग नगर्न गाउँपालिकावासीहरूमा सार्वजनिक अपिल गरेको छ । गाउँपालिकाले सुचना मार्फत बाढीका कारण पानी र वातावरण दूषित हुन सक्ने तथा मृत पशुपन्छी एवम् माछाको उपभोगबाट विभिन्न रोग र सङ्क्रमणको जोखिम बढ्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

गाउँपालिकाले रोग तथा सङ्क्रमणबाट बच्नका लागि बाढीले बगाएर ल्याएका वा मृत अवस्थामा भेटिएका माछा, पशुपन्छी तथा अन्य जनावरको मासु कुनै पनि अवस्थामा उपभोग नगर्न, मृत अवस्थामा भेटिएका माछा तथा पशुपन्छीलाई किनबेच, वितरण वा उपभोगका लागि प्रयोग नगर्न, मृत पशुपन्छी वा माछालाई नाङ्गो हातले नछुन र बालबालिका तथा घरपालुवा जनावरलाई त्यस्ता स्थानबाट टाढा राख्न, बाढीबाट दूषित भएको वा दूषित हुन सक्ने पानी नपिउन र खाना पकाउन प्रयोग नगर्न, पिउन र खाना पकाउने पानीलाई उमालेर वा विधिबाट शुद्धीकरण गरी मात्र प्रयोग गर्न तथा बाढीको पानी, फोहोर तथा मृत पशुपन्छीको सम्पर्कमा आएपछि र खाना खानु वा तयार गर्नुअघि साबुनपानीले हात राम्ररी धुन अनुरोध गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युब्न खड्काद्वारा जारी सुचनामा नदी किनार वा अन्य स्थानमा मृत पशुपन्छी तथा माछा भेटिएमा आफूखुसी व्यवस्थापन नगरी सम्बन्धित वडा कार्यालय वा देवघाट गाउँपालिकामा जानकारी गराउन तथा बाढीपछि ज्वरो, झाडापखाला, बान्ता, पेट दुख्ने, छालामा सङ्क्रमण, आँखा रातो हुने वा अन्य असामान्य स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले