बाढी पीडितको लागि होटल व्यवसायी संघद्वारा ३८ हजार सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १६

होटेल ब्यबसायी संघ तनहुँले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा ३८ हजार एक सय १० रुपैयाँ सहयोग गरेको छ । संघले मंगलबार राष्ट्रिय बाणिज्य बैंक मार्फत उक्त सहयोग रकम जम्मा गरेका हुन् ।

यसैविच होटल व्यवसायी संघ तनहुँले बाढीपहिरोमा बेपत्ता तथा मृत्यु भएकाहरूका आफन्त शव खोज्न वा बुझ्न आउने क्रममा निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष गिरीबहादुर थापाका अनुसार कोत्रेदेखि मुग्लिनसम्म सञ्चालित होटल व्यवसायीहरूले पीडितको संख्या र आवश्यकताका आधारमा निशुल्क गास र बासको व्यवस्था गर्नेछन् ।

संघले ग्यासको अभावका कारण होटल व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । विपद्को समयमा व्यवसायसँगै सेवाको कामसमेत गरिरहेको भन्दै संघले व्यवसाय सञ्चालनका लागि ग्यासको आपूर्ति सहज बनाउन प्रशासनसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ