त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १६

भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई धैर्य र संयम अपनाउन प्रतिनिधिसभा सदस्य एवं इन्जिनियर श्रीराम न्यौपानेले हार्दिक अनुरोध गरेका छन् ।

आयोजनामा कार्यरत कर्मचारीहरू सुरक्षित रहे–नरहेको चिन्ता व्यक्त गर्दै आफन्तजनहरूले बारम्बार सम्पर्क गरिरहेको भन्दै सांसद न्यौपानेले एक अपिल जारी गर्दै उद्धारका लागि २४ सै घण्टा सबै साधन–स्रोतको अधिकतम उपयोग भइरहेको जानकारी गराएका हुन् ।

सांसद न्यौपानेका अनुसार आयोजनाका कर्मचारीहरू पावर हाउसको माथिल्लो भाग भन्दा माथि पुगेर सुरक्षित स्थानमा बसेको अवस्थामा उहाँहरूलाई सुरक्षित रूपमा उद्धार गर्न सकिने सम्भावना अझै उच्च रहेको छ । उद्धार कार्यमा आफ्नो तर्फबाट अनुभव, व्यक्तिगत पहल र उपलब्ध सबै क्षमता लगाएर निरन्तर काम भइरहेको सांसद न्यौपानेले बताए ।

उद्धार कार्यमा नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण, मेगाटेक, प्ले इन्जिनियरिङ तथा स्थानीय समुदायको अतुलनीय सहयोग र समन्वय रहँदै आएको सांसद न्यौपानेले उल्लेख गरेका छन् । अहिलेको कठिन र तनावपूर्ण अवस्थामा हतास नभई आशा र धैर्य कायम राख्न आग्रह गर्दै उनले भनेका छन् ‘उहाँहरू सुरक्षित रूपमा बाहिर निस्कन सक्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ, उद्धारका लागि आवश्यक थप सहयोग र समन्वय गरिदिन म सम्बन्धित सम्पूर्ण निकायहरूलाई हार्दिक आग्रह गर्दछु ।’

आयोजना स्थलमा फसेकाहरूको शीघ्र र सुरक्षित उद्धारका लागि सांसद न्यौपानेले नेपाली सेना सहितको टोलीसँग निरन्तर खटिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ