“देशमा फेरी लोडसेडिङ गराउने खेल सुरु भयो” :- कुलमान

Devghat Online

शेयर गरौ

चैत्र २५ – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कुलमान घिसिङले नेपालमा फेरी पनि लोडसेडिङ गराउने खेल सुरु भएको दाबी गरेका छन् । सोमबार प्राधिकरण कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कुलमानले यस्तो दाबी गरेका हुन् । उनले केही मानिसहरु आफनो स्वार्थका लागि नेपाललाई फेरी अन्धकारतर्फ धकल्ने प्रयास गरिरहेको बताए । उनले आफुहरुको उज्यालो नेपाल अभियानमा केही पक्षले डिस्टर्व गरिरहेको बताए । उनले बिगतमा पनि देशलाई आफनो स्वार्थका लागि अध्यारोमा राखेका व्यक्तिले नै केही मिडिया र व्यक्तिहरु परिचालन गर्दे फेरी पनि लोडसेडिङ गराउने खेलमा लागेको दाबी गरे ।

उनले भने ‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई डिस्टर्ब गरिरहेका छन् । उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन । रातदिन नभनी हामी देशलाई उज्यालो बनाइरहेका छौँ । देशलाई अँध्यारो बनाउन चाहनेले बेलैमै विचार गरुन् ।’ उनले आफुहरुको काम देशका जनताहरुले मुल्यांकन गरिरहेको र प्राधिकरण नाफामा जाँदा केही मानिसहरुलाई मन नपरेको बताए । उनले आफुमाथि ६० लाख घुस खाएको आरोप लगाउनेहरुलाई त्यसको पुष्टी गरेर देखाउन पनि चुनौती दिए । उनले भने “प्राधिकरण ध्वस्त बनाउने गिरोहलाई एमडीले टुलुटुलु हेरेर बस्दैन । यो चानचुने एमडी होइन” ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले