आईपीएलमा कोलकाताको चौथो जित, उक्लियो शीर्ष स्थानमा

Devghat Online

शेयर गरौ

२५ चैत, काठमाडौं । सुनिल नरेनको अलराउन्डर प्रदर्शन र क्रिस लिनको धमाकेदार ब्याटिङ मद्दतमा कोलकाता नाइटराइडर्सले आईपीएल क्रिकेटमा चौथो जित हात पारेको छ । आइतबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो । यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

कोलकाताले पहिले बलिङ गर्दै राजस्थानलाई १३९ रनमा रोक्यो । त्यसपछि जितको लागि आवश्यक रन केबल २ विकेट गुमाएर भेटायो । उसलाई जितको लक्ष्य भेटाउन केबल १३.५ ओभर ब्याटिङ गर्नु पर्यो ।

कोलकाताका लागि आईपीएलको जारी १२ संस्करणको पाँचौ म्याचमा चौथो जित हो । दोस्रो तर्फ यो राजस्थानको पाँचौ म्याचमा चौथो हार हो । यो जितबाट कोलकाता आठ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लियो । त्यसो त महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नाइ सुपर किंग्सको पनि समान आठ अंक छ । तर ऊ रनरेटको आधारमा दिनेश कार्तिक कप्तान रहेको कोलकातासँग पछाडि परेको छ । हैदरावाद, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पन्जाबको समान ६-६ अंक छ । राजस्थान रोयल्स दुई अंकको साथ तालिकाको सातौं स्थानमा छ । बैंग्लोरको टिमले खाता नै खोल्न सकेको छैन ।

कोलकाता र राजस्थानबीच आइतबार जयपुरमा प्रतिस्पर्धा भएको थियो । कोलकाताका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले बलिङ रोजेका थिए । कोलकाताको बलिङले राजस्थानका ब्याटिङलाई सुरुदेखि नै दबावमा राख्यो । राजस्थानका ब्याट्सम्यान कहिले पनि खुलेर खेल्न सकेनन् । राजस्थानले सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा केबल ६७ रन बनाएको थियो ।

स्टिभन स्मिथ अविजित ७३ रन योगदान गरे । उनले अन्तिम ओभरतिर राम्रो ब्याटिङ गर्दै स्कोर १३९ रनसम्म पुर्याए । जोस बटलरले ३७ रन बनाए । अजिक्य रहाणेले ५ र राहुल त्रिपाठी ६ रन बनाएर आउट भए । बेन स्टोक्स सात रनमा अविजित रहे ।

कोलकाताको तर्फबाट हेरी गुर्नेले २ विकेट लिए । आईपीएलमा डेब्यू गरेका उनले २५ रन खर्चिए । एक विकेट प्रसिद्ध कृष्णाले लिए । सुनिल नरेनले विकेट त लिन सकेनन् तर उनले ४ ओभरमा केबल २२ रन खर्चिएर किफायती बलिङ गरे ।

१४० रनको लक्ष्य कोलकाताले १३ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । ओपनर क्रिस लिन र सुनिल नरेनले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरे । क्रिस लिनले ५० र सुनिलले ४७ रन योगदान गरे । त्यसपछि रबिन उथप्पाले १६ बलमा २६ र शुभमन गिल १० बलमा ६ रन बनाएर अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४