कागती खेती गरे पैसा पाईने

Devghat Online

शेयर गरौ

२ जेठ, शुक्लागन्डकी
तनहूँको शुक्लागन्डकी नगरपालिका वडा नम्बर १२ ले कागतीको विरुवा रोप्ने
कृषकलाई पैसा दिने भएको छ । वडामा सुचिकृत भई २५ वटा भन्दा बढि
कागतीको विरुवा रोप्ने कृषकलाई तिन वर्षसम्म प्रति विरुवा एक सय रुपैयाँ
दिईने भएको हो ।
वडालाई कागतीमा आत्मनिर्भर बनाउने तथा कागती विक्रीबाट कृषकको जिवनस्तर
सुधार गर्न यस्तो कार्यक्रम ल्याईएको वडा अध्यक्ष मनराज गुरुङले बताए ।
व्यवसायीक कागती खेती सम्बन्धी तालिम प्राप्त गरि वडा कार्यालयमा सुचिकृत भई
कम्तीमा २५ वटा विरुवा लगाउने कृषकलाई प्रति विरुवा एक सय रुपैयाँ अनुदान
उपलब्ध गराईने अध्यक्ष गुरुङले जानकारी दिए ।
शुक्लागन्डकी नपाकै उच्च स्थानमा रहेको सो वडा कागती खेतीकोलागि उपर्युक्त
मानिन्छ । अहिले कृषकहरु निर्वाहमुखीको रुपमा दुई÷चार वटा कागतीको
बोटको भरमा बसेको हुँदा उहाँहरुलाई कागती खेती तर्फ आकर्षित गराउन र
आर्थिक उपार्जनको माध्यम बनाउन यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले
बताए ।
दुई चरणको अनुगमन पश्चात अनुदानको रकम उपलब्ध गराईने छ । पहिलो
चरणमा आउने साउन÷भदौ महिनामा अनुगमन हुने छ । यसबेला कागती बगैचा
गोडमेल भएको झाडी सफ गरेको हुनु पर्ने तथा दोश्रो चरणको अनुगमन
आगामी चैत÷बैशाखमा गरिने त्यसबेला विरुवामा मल÷माटो हाले नहालेको र
हेरचाह गरे÷नगरेको हेरिने र त्यसपछि मात्र प्रति बोट एक सय रुपैयाँ उपलब्ध
गराईने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग