कोरोना संक्रमण भएकालाई घृणा हैन, माया र हौषला दिनुहोस्
मेरो नाम भेषराज ढकाल, घर तनहुं जिल्ला भिमाद नगरपालिका -८ हाल १९ वर्ष देखि युएई आबुधाबी को अल अहेल्या हष्पिटलमा कार्यरत छु ।
विश्वभरि फैलिएको महामारी कोरोना भाइरसको संक्रमणले मेरो कर्मभूमी लाई पनि छोडेको छैन। मेरो अस्पतालमा ड्युटी भएकोले विदा थिएन र नियमित काममा गईरहेको थिए । काममा रहदा धेरै मानिस हरुसंग सम्पर्क हुने, भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी अपनाइरहेकै थिए । सावधानी अपनाउदा अपनाउदै पनि मलाई संक्रमण भएको पत्तै भएन । केही दिनदेखि सामान्य अस्वस्थ महसुस भएपछि तातोपानी पिउने, सिटामोल खाने गरिरहेको थिए । तर त्यति गर्दा पनि ज्वरो आउने,घाटी दुख्ने, शरिरमा तागत नभएर कमजोर अनुभव हुने र आखा पोल्ने हुन थाल्यो ।
त्यसपछि अप्रिल २१ तारिखका दिन चेक गराउन भनेर अस्पताल गए । अस्पतालले Covid19 को लागि स्वाव पनि लिएर १४ दिन होम क्वारेन्टाइनमा बस्नु भनेर विदा लेखिदियो । फर्केर घरमा अलग्गै बस्न थाले, कम्पनीको मेनेजरलाई पनि जानकारी गराए । त्यसको ३ दिनपछि अबुधावीको स्वास्थ्य विभाग बाट फोन आयो र मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गरायो । एकछिन त अकल्पनीय नतिजाले केही सोच्नै सकिन । तर कमजोर भएर रोग संग लड्न सकिदैन भन्ने लागेर आफैलाई सकारात्मक बनाए । मेरो परिवार पनि संगै भएकोले उनको साथ र हौसलाले मलाई थप आत्मबल बढायो । यो सामन्य रुघा खोकी जस्तै हो यस्लाई सजिलै जित्न सक्छु भन्ने आत्मविश्वास लिए । अनि घरमा बुबा,छोराहरु आफन्त लाई खबर गरेर मलाई कोरना भाईरस पोजेटिभ देखायो म हष्पिटल भर्ना हुन जादै छु, मेरो स्वास्थ्य सामान्य छ केही चिन्ता नलिनु भने र यता मिसेसले समान तयार पारिदिईन र सुटेकस लिएर हष्पिटल भर्ना हुन गए। म अस्पतालको कर्मचारी नै भएकोले आइसोलेसन बेड पाउन थप सहज पनि भयो ।
४ दिन (२४-२८ अप्रिल ) सम्म अस्पताल बसेर सबै चेकजाँच गरेर स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएपछि कम्पनिले व्यवस्था गरेको क्वारेन्टाइनमा अस्पतालको एम्बुलेन्स नै लग्यो । अस्पताल बसुञ्जेल र क्वारेन्टाइन मा समेत एकदमै केयर पाए आफ्नै घर परिवार संगै बसे जस्तो अनुभव भएको थियो।
मेरो अनुभबमा बास्तबमा कोरोना भाईरस भाईरल रुघा लाग्दा लाग्ने भाईरस जस्तै सामान्य भाईरस हो। नेपालीमा भनिन्छ नी बनको बाघले खाओस नखाओस मनको बाघले खाईसक्यो त्सतै कोरोना लाग्यो भन्दैमा मरिन्छ भन्ने होईन डराऊन पर्दैन आत्म बल बलियो बनाएर राम्रो संग ध्यान दिएमा कोरोना लाई सहजै जित्न सकिन्छ।यो भाईरस एक ब्यक्ती बाट अर्को ब्यक्तीमा सजिलै संक्रमण हुने भएर अलि बढी सतर्क हुनुपर्ने हो । मेरो शरिरमा पनि यो भाईरस कतैबाट संक्रमण भई पोजेटिभ देखिएको थियो । मानब शरिरमा भाईरस संक्रमण हुदा व्यक्ति अनुसार फरक-फरक लक्षण देखिन्छ।मैले म जस्तै कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बस्ने अरु बिरामी संग सोध्दा फरक फरक लक्षण भएको पाएको छु। यो भाईरसले शरिरमा रोगप्रतिरोधात्मक क्षमता ( immunity power) भएका सामन्य स्वास्थ्य भएका लाई खासै समस्या बनाऊदैन जस्को शरिर कमजोर छ, पहिला निमोनियाको समस्या, मुटुको समस्या, प्रेसरको समस्या, सुगरको समस्या, दम(Asthma) को समस्या र मृगौलाको समस्या भएका लाई यस्ले सार्है समस्या बनाऊन सक्छ । त्यसैले यो भाईरस बाट बिजय प्राप्त गर्नका लागि आवश्यक पर्ने प्रोटिनयुक्त खाने कुराहरु खानु पर्छ।
संक्रमण भएपनि निम्न कुराहरुमा ध्यान दिन सके चाडैं रोग बाट सहजै विजयी हुन सकिन्छ –
१. दिनमा कम्तीमा ४ लिटर देखी ६ लिटर सम्म तातो पानि पिऊने, सार्बजनिक स्थलमा भौतिक दुरि कायम राख्ने, नियमित face Mask ,सानिटाईजर,Gloves प्रयोग गर्ने
२. मिल्छ भने दैनिक बिहान ८-१० बजे भित्र कम्तीमा आधा घण्टा घाममा बस्ने यसो गर्दा शरिर लाई भिटामिन D प्राप्त हुन्छ, अनावश्यक बाहिर ननिस्कने ।
३. सकभर आफ्नो काम आफै गर्ने
४. नर्मल रुम तापक्रममा बस्ने
५. दैनिक ४,५ पटक पानि उमालेर बाफ लिने
६. सकभर A/c को नजिक नबस्ने
७. अत्याधिक रुपमा vitamin C पाऊने फलफुलहरु जस्तै (आप,सुन्तला,एभुकाडो,कागती,मेवा) खाने, भिटामिन सि क्यापसुल पनि लिन सकिन्छ
८. आत्मा बल बढाउने, आफन्त संग निरन्तर संपर्कमा रहने
९. दैनिक Normal physical Exercise गर्ने
१०. जिरा,मरिच ,अदुवा पानी ,तातो पानीमा मह र कागती राखेर पिऊने, दैनिक ४,५ पिस Cashew nuts,Almonds जस्ता पौस्टिक खाने कुरा खाने, समय समयमा तातो सुप पिउने, खाना खादा अनिबार्य २ पोटी लसुन खाने र झोलिलो खानेकुरा मा बढी जोड दिने
११. मादक पदार्थ साथै चुरोट तथा सुर्तीजन्य बस्तु सेवन नगर्ने
१२. खोकी लागेमा कफ सिरफ पिऊने, ज्वोरो आएमा खाना खाएर सिटामोल लिने
१३. एकान्तमा बस्ने अरु मान्छेको नजिक नजाने, खोकी वा हाछ्छियु लागेमा रुमालले कभर गरेर गर्ने
१४. नाक र मुख बाट लामो सास लिएर केही समय ५-६ सेकेन्ड रोकेर बिस्तारै सास फाल्ने, यसो गर्दा फोक्सो लाई राम्रो हुन्छ। सुत्दा खेरी घोप्टो वा कोल्टो परेर सुत्ने यसरी सुत्दा फोक्सो लाई सहयोग पुग्छ।
१५. घाँटी दुखेको छ भने तातो पानिमा नुन राखेर सहन सक्ने गरे कुल्ला गर्ने यसो गर्दा Throats pain Relief हुने र घाटीमा भएका Bacteria मर्छ
१६. बिहान उठेर फ्रेस भए पछि १ गिलास तातो पानीमा २ चम्चा मह र कागती निचोर Hot Lemon With Honey बनाएर पिऊने, चिसो खाने कुरा,फ्रोजन आईटम,मोही र दही Strictly Avoid गर्ने
१७. क्वारेन्टाईनमा बस्दा आफुलाई मनपर्ने, भुलाउने कमेडी मुभी हेर्ने, आफन्त संग हासीखुशी कुरा गर्ने, आफुलाई व्यस्त राख्दा Stress कम हुन्छ।
यसरी दैनिक रुपमा माथि भनिएका गाईडलाईनहरु फलो गर्नु भयो भने कोरोना पोजेटिभ आएको १०-१४ दिन सम्म नेगेटिभ आऊछ। कहिले काही कोरना संक्रमण भएको ब्यक्ती लाई chest Pain र Breathing Difficulty हुन सक्छ यस्तो समस्या आएमा तुरुन्त नजिकको हष्पिटलमा सम्पर्क गरेर डाक्टर संग परामर्श गर्नु होस।
कोरोना संक्रमण भएका मान्छे लाई परिवारले, साथिहरुले घृणाले होईन माया र हौसला दिनुहोस तपाईको माया र हौसलाले अबस्य तपाईको आफन्त, साथीले कोरोना संगको लडाइँ जित्नु हुनेछ र नयां जिबन पाऊनु हुनेछ।मैले सबैको माया, हौसला र साथ पाएर १२औं दिनमा पहिलो र १४औं दिनमा दोस्रो टेस्ट पनि नेगेटिभ आएपछि मैले कोरोनालाई जितेको छु । र यो जित संगै आफ्नो नियमित अफिस जान थालेको छु । कसैले थप सल्लाह वा अनुभव लिन चाहनुहुन्छ भने मलाई +971503231985 मा सम्पर्क गर्न पनि सक्नुहुनेछ ।
धन्यवाद स्टे सेफ