८ जेठ, दमौली
पछिल्लो समय भारतबाट आएका २५ जनाको स्वाव परिक्षण रिर्पोट नेगेटिभ आएको छ । तनहूँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिएका उनीहरुको गत मंगलबार संकलन गरि परिक्षणको लागि पोखरा पठाईएको थियो । सिमा क्षेत्रबाट ल्याइएका ति सबै २५ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ । यस अघि ३९ जनाको स्वाव परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको थियो ।
जिल्लाको व्यास नगरपालिकामा २९, भानु नगरपालिकामा ९, आँबुखैरेनी गाउँपालिकामा २, देवघाट गाउँपालिकामा ३, घिरिङ गाउँपालिकामा १५, म्याग्दे गाउँपालिकामा ३, बन्दीपुर गाउँपालिकामा २, रिसिङ गाउँपालिकामा २ जना गरी ६५ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
उनका अनुसार भारत लगायत बाहिरी जिल्लाबाट चैत्र १ गतेयता ९११ जना जिल्ला फर्किएका छन् । उनिहरु होम क्वारेन्टिनमा बसेका र सम्बन्धित स्थानीय तहबाट नियमित रुपमा स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिने गरिएको छ । पछिल्लो समय जिल्ला भित्रिएका सबैको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भएको छ ।
यसैगरि ५८८ पुरुष र ८२ महिलाहरु गरी ६७० जनाको रगतको नमुना लिएर र्यापिड टेस्ट किटमार्फत गरिएको कोरोनाको द्रुत परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
व्यास नगरपालिकाद्वारा दुम्सीमा कृषि उपज सङ्कलन केन्द्रको सञ्चालन
दमौली, माघ १ व्यास नगरपालिकाले वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र