सामाजिक दुरी कायम गर्दै भवन निर्माण सुरु

Devghat Online

शेयर गरौ

११ जेठ, देवघाट
देवघाट गाउँपालिका–५ स्थित देवघाट टोल सुधार समितिले सामाजिक दुरी कायम गर्दै संस्थाको भवन निर्माणको काम सुरु गरेको छ । स्थानीय स्तरकै निर्माणकर्मी प्रयोग गरि संस्थाले भवन निर्माणको काम सुरु गरेको संस्थाका अध्यक्ष शुकु गुरुङले बताए ।


भवन निर्माणकोलागि प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले सांसद क्षेत्र विकास कोष अन्तर्गतको स्थानीय पुर्वाधार विकास कार्यक्रम मार्फत १० लाख रुपीयाँ उपलब्ध गराएका थिए । त्यसैगरि २ लाख रुपीयाँ टोलबासीबाट संकलन गरि १२ लाखको लागतमा सो भवन निर्माण सुरु गरिएको अध्यक्ष गुरुङले बताए । भवनको गाह्रो उठाएर टिन छाउने काम यही जेठ मसान्त सम्म सक्ने योजना रहेको र बाँकी फिनिसिङको काम भने आगामी आर्थिक वर्षमा थप रकम जुटाएर गरिने गुरुङले जानकारी दिए । सभाहलको रुपमा रहने सो भवनमा ९० जनाको क्षमता रहेको छ ।


स्थानीय निर्माणकर्मी र मजदुरको प्रयोग गरि निर्माणको काम गर्ने र यस अघि सम्झौता भईसकेका साना योजनाहरु यही आर्थिक वर्षमा नै सम्पन्न गर्ने गाउँपालिकाले निर्णय गरेको वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले बताए । सोही निर्णय अनुसार थोरै रकमका साना योजनाहरु धमाधम भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र