तनहूँमा थप दुई जनालाई कोरोना पुष्टि

Devghat Online

शेयर गरौ

२३ जेठ, दमौली
तनहूँमा दुइ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेठ १० गते नेपाल–भारत सिमा क्षेत्रबाट उद्धार गरी गाउँपालिकाले तयार गरेको क्वारेन्टिनमा बस्दै आएका उनीहरुको गत १६ गते थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार बिहान उनिहरुको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । यस अघि ऋषिङ गाउँपालिकाकै २८ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित सबैलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ । संक्रमित तीनै जनाको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए ।
तनहूँमा ६ सय १८ जनालाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बसेकामध्ये ४७० जनाको पिसिआर टेस्टमार्फ कोरोना परीक्षणका लागि नमुना संकलन गरी पोखरा पठाइएकोमा ३७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ९१ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म