एउटै बगैंचाबाट पाँच लाखको लिची विक्री

Devghat Online

शेयर गरौ

२२ जेठ, दमौली
तनहुँको देवघाट गाउँपालिका–५ बसन्तपुरकी कृषक ठाकुरकुमारी काफ्लेले यो सिजनमा पाँच लाखको लिची विक्री गरिन् । उनको एउटै बगैंचाबाट मात्र त्यती मुल्यको लिची विक्री भएको हो । यस बर्ष बन्दाबन्दीको कारण गत वर्ष भन्दा अझ थोरै मुल्यमा लिची विक्री गरेको उनले बताईन् । गत बर्ष ६ लाख ५० हजार रुपीयाँको लिची विक्री गरेको उनले बताईन् ।
गत वर्ष भन्दा अझ धेरै लिची फलेपनि बन्दाबन्दीको कारण मुल्य भने कम पाएको उनले बताईन् । बन्दाबन्दीले धेरै ग्राहक तथा होलसेल व्यापारी बगैंचासम्म आउन नसकेपछि सस्तो दरमा भएपनि लिची विक्री गर्नु परेको उनको भनाई छ । १८ रोपनी क्षेत्रफलमा फैलिएको बगैंचामा चार सय ५० बोट जती लिची रहेको छ । त्यसमध्ये आफ्नो परिवारको लागि दुई÷तिन वटा बोट राखेर बाँकी सबै होलसेल व्यापारीलाई एक मुष्ठ रुमपा विक्री गरेको उनले जानकारी दिईन् ।
लिची खरिदकोलागि चितवनको नारयणगढबाट व्यापारी बगैंचामा पुग्ने गर्छन् । काफ्लेको बगैंचामा आँप पनि प्रसस्त फलेको छ । अव केही दिनमा आपको सिजन सुरु हुने हुँदा आँपले पनि राम्रो आम्दानी दिने उनको भनाई छ । वडा नम्बर ५ को वडा सदस्य समेत हुनु भएकी काफ्ले व्यवसायीक कृषीको अतिरिक्त सामाजिक काममा पनि उत्तिकै सक्रिय हुने वडा अध्यक्ष यालबहादुर गुरुङले बताए ।

वडा अध्यक्ष गुरुङको पनि सोही वडाको साउनेमा तीन सय ५० लिचीका बोट भएपनि यस वर्ष उनले लिची विक्री गरेनन् । बन्दाबन्दीको कारण खासै व्यापारी नआएको र आफु पनि जनतालाई राहत वितरणको काममा धेरै व्यस्त हुनु परेको कारण लिची विक्री गर्न नभ्याएको उनले बताए । बगैंचामा नै जाने केही स्थानीय ग्राहकलाई नै सस्तो मुल्यमा केही परिमाणमा मात्र विक्री गरेको उनले बताए ।
देवघाट गाउँपालिकाले वडा नम्बर ५ लाई लिची पकेट क्षेत्र घोषणा गरेको छ । सोही अनुसार कृषकलाई लिची लगाउन प्रोत्साहन गर्ने, प्राविधिकको व्यवस्था गर्ने र इच्छुक कृषकलाई लिचीको विरुवा वितरण गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । आगामी आर्थिक वर्षको सुरुमै कृषललाई पाँच हजार लिचीको वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
त्यसकोलागि चितवनको रामपुरमा रहेको नर्सरीमा लिची खरिदकोलागि प्रक्रिया सुरु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक