देवघाट गाउँपालिकाद्वारा कोरोना नियन्त्रण र राहतकोलागि भएका कार्यहरु सार्वजानिक

Devghat Online

शेयर गरौ

२३ जेठ, देवघाट
देवघाट गाउँपालिकाले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार र राहतको लागि हालसम्म सम्पादन गरिएका सम्पुर्ण कामहरु सार्वजानिक गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार गाउँपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण कोषमा हालसम्म ५५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ जम्मा भएको छ । सो रकम मध्ये ४३ लाख ७७ हजार ९ सय ६० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
देवघाट गाउँपालिकालाई प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले १५ सय थान सर्जिकल मास्क ६ थान पिपिई उपलब्ध गारएका छन् । त्यसैगरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले २ सय थान सर्जिकल मास्क तथा १ सय एमएल सेनीटाईजर ५० थान उपलब्ध गारएका छन् । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले १ थान इन्फ्रारेड गन उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाले हालसम्म २१ सय ५१ घरपरिवारलाई दुई चरणमा राहत वितरण गरिसकेको छ । जसमा ३० लाख ९४ हजार ६ सय २४ रुपैयाँ खर्च भएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार वडा नम्बर १ मा ४ सय ४०, वडा नम्बर २ मा २ सय ८४, वडा नम्बर ३ मा २ सय २८, वडा नम्बर ४ मा ४ सय ३१ र वडा नम्बर ५ मा ७ सय ६८ घर परिवारलाई राहत वितरण गरिएको छ ।
गाउँपालिकाले कोरोना रोकथामकोलागिसर्जिकल मास्क २५ सय थान, एन नाईन्टि फाइभ मास्क १ सय १० थान, पिपिई १० सेट, इन्फ्रारेड गन ८ थान, सेनीटाईजर २ सय ५० थान, बेड २० थान, तन्ना ३० सेट, सावुन ४ हजार ४ सय ६८, इलेक्ट्रिक स्प्रे ५ सेट र फिनेल ३ सय ६० थान खरिद गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू