राहत वितरण कार्य पारदर्शीः देवघाट गाउँपालिका

Devghat Online

शेयर गरौ

२३ जेठ, देवघाट
देवघाट गाउँपालिकाले वडा नम्बर ५ मा गरिएको राहत वितरण कार्य पारदर्शी भएको जनाएको छ । वडा नम्बर ५ मा भएको राहत वितरण केही अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस गाउँ कार्य समितिले केही दिन अघि आरोप लगाएपनि गाउँपालिकाले भने राहत वितरण कार्य पारदर्शी नै भएको दावी गरेको छ ।
गाउँपालिका उपाध्यक्ष एवं राहत व्यवस्थापन तथा वितरण गाउँ समन्वय समितिकी संयोजक विमला थापाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरि राहत वितरण कार्य पारदर्शी नै भएको जनाएकी छिन् । वडा नम्बर ५ कोलागि केही दाताले दिएको माइतीघर ब्रान्डको जिरा मन्सुली चामल साटफेर गरि त्यो भन्दा धेरै परिमाणमा सोना मन्सुली चामल वितरण गर्ने वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले प्रक्रिया सुरु गरेपनि पछि त्यस निर्णयमा केही असमझदारी उत्पन्न भएपछि सो निर्णय रद्ध गरिएको थियो ।


तर उक्त कार्य कुनै गलत मनसायले नगरेको पनि केही प्रक्रिया नपुगेर केही असन्तुष्टि सिर्जना भएको भन्दै उपाध्यक्ष थापाको विज्ञप्तिमा मनसाय गलत नभएपनि प्रक्रियामा केही कमजोरी भएको जनाईएको छ । यस सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस गाउँ कार्य समितिले संयुक्त विज्ञप्ति समेत प्रकाशित गरेको जनाईएको छ ।
यसैगरि नेकपा गाउँ कमिटि र नेपाली काँग्रेस गाउँ कार्य समितिले पनि शुक्रबार नै संयुक्त प्रेस विज्ञप्ति प्रकाशितन गरि वडा अध्यक्ष गुरुङद्वारा वितरण गरिएको राहत पारदर्शी नै भएको ठहर गरेका छन् । यद्यपी नेकपा र नेपाली काँग्रेसले यस घटनाको बारेमा वडा अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिलाई विद्युतीय सन्चार माध्यमबाट हटाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर