३ असार, काठमाडौं
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा तनहूँ क्षेत्र नम्बर १ मा सन्चालन हुने विभिन्न योजनाहरु छनौट गरेको छ । प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा योजना आयागले आगामी आर्थिक वर्षको योजनाहरु छनौट गरेको हो ।
आगामी आर्थिक वर्षमा विशेष अनुदान कार्यक्रम तर्फ ब्यास नपा १३ को कमेरे खोला सांधखोला खानेपानी योजनाकोलागि ८० लाख रुपैयाँ, ब्यास नपा १० को देवीडाडा चिसापानी लिफ्ट खानेपानी आयोजनाको लागि १ करोड २० लाख रुपैयाँ, भानु नपाको कृषि तथा पशुपालनकोलागि ५० लाख, भानु नपा १० कालीमाटीको नगर स्तरीय अस्पताल निर्माणकोलगि २ करोड, बन्दिपुर गाउँपालिका १ को बिष्णु माविको छात्रवास निर्माणको लागि २ करोड, बन्दिपुरमा शित भण्डार निर्माण तथा ब्यवस्थापनको लागि १ करोड र बन्दिपुरमा आधुनिक ल्याण्डफिल्ड क्षेत्र निर्माण १ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै समपुरक अनुदान तर्फ ब्यास नपा ११ को खडग काली मोटर मार्गको लागि २ करोड ५० लाख, आबु खैरेनी गाउँपालिकाको सत्रसय–आधिमुल ग्रामीण तथा कृषि सडक १ करोड ४४ लाख, बन्दिपुर–डुम्रे सडक कालोपत्रे तथा स्तरोन्नतीको लागि १ करोड ८० लाख, देवघाट गाउँपालिकाको देवघाट जोड्ने झोलुङ्गे पुलको मुखदेखी वेणीसम्म जाने नदी पर्यटकीय मार्ग र तटबन्धको लागि ६४ लाख, भानु नपाको वहुउदेश्यीय भवन निर्माणको लागि १ करोड ६६ लाख ६६ हजार ६ सय ६७, आवुखैरेनीको छिम्केश्वरी जाने सडकको लागि ९ करोड ९६ लाख र शालीग्राम करिडोर मार्गको वैदी–देवघाट खण्डको लागि ७ करोड ८८ लाख रुपैयाँ विनियोजन भएको छ ।
कर्मचारी संगठन म्याग्देको अध्यक्षमा पौडेल, शुक्लाको अध्यक्षमा कोपीला
दमौली, माघ ७ नेपाल निजामती कर्मचारी संगठन म्याग्दे गाउँपालिकाको अध्यक्षमा शम्भु पौडेल चयन भएका छन्