३ असार, देवघाट
देवघाट गाउँपालिकाले कृषी समुहलाई सामाग्रीहरु प्रदान गरेको छ । वडा नम्बर एकमा रहेको लालीगुराँस कृषक समुहमा आवद्ध कृषकलाई गाउँपालिकाले विभिन्न कृषि सामाग्रीहरु उपलब्ध गराएको हो ।
सो अवसरमा कृषक समुहलाई पच्चीस थान क्रेट, थोपा सिचाई तीन सेट, प्लास्टिक मल्चिङ्ग सात रोल, भिटामिन तीस पिस, निम बिसादी पच्चीस पिस, बायोबिस्ट हर्मोन तीस पिस, स्प्रे दुई थान र हजारी पाँच थान उपलब्ध गराईएको देवघाट गाउँपालिकाका कृषि प्राबिधिक नौमती गुरुङले जानकारी दिईन् ।
सो कार्यक्रमको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापामगरले कृषि क्षेत्रलाई व्यवसायीक बनाउन प्रविधि र सिप हस्तान्तरण गरिनु पर्ने बताए । कृषि क्षेत्रको प्रबद्र्धन र बिकासकोलागि र कृषकहरुको मनोबल उच्च बनाउन गाउँपालिकाले सँधै सहयोग गर्दै आएको अध्यक्ष थापाको भनाई थियो ।
सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भिमबहादुर गुरुङ, वडा सदस्यहरु सुन्दर भुजेल, बगमाया गुरुङ, मन बहादुर गुरुङ र नानुमाया बिक, तनहुँ जिल्ला नेकपा जिल्ला सदस्य होम बहादुर गुरुङ,देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ, नेकपा गाउँ सचिव केशवचन्द्र न्यौपाने, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ लगायतले मन्तव्य राखेका थिए ।















