घर पालुवा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन

Devghat Online

शेयर गरौ

१४ साउन, बन्दिपुर
तनहूँको बन्दिपुर गाउँपालिकाले घर पालुवा कुकुरलाई रेविज विरुद्धको (भ्याक्सिन) खोप लागाउने अभियान सुरु गरेको छ । गाउँपालिका भित्रका घरहरुमा पालिएका सबै कुकुरलाई रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए ।
यो अभियान अन्तर्गत गाउँपालिकाका सबै वडामा एक साता सम्म अभियान सन्चालन गरि सबै घर पालुवा कुुकुरलाई खोप लगाईने वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले बताए । बुधबार पहिलो दिन वडा नम्बर १ का ५८ वटा घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको थियो । गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाका पशु सेवाका प्राविधिकलाई खोप हस्तान्तरण गरि यो अभियानको शुभारम्भ गरेका थिए ।
गाउँपालिकाले सार्वजानिक सुचना जारी गरि सबै घर पालुवा कुकुरलाई खोप लगाउन ल्याउन अनुरोध गरेको थियो । अहिले घर पालुवा कुकुरलाई मात्र खोप लगाउने अभियान भएपनि कसैले भुस्याहा ककुर समातेर ल्याएमा त्यसलाई पनि खोप लगाईने वडा अध्यक्ष पोख्रेलले बताए ।
रेविज विरुद्धको खोप लगाईसकेपछि त्यस्ता कुकुरले कसैलाई टोकी हालेमा पनि रेविज रोग गर्ने सम्भावना नहुने हुँदा खोप लगाउने अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा