सांसद श्रेष्ठद्वारा मृगौला पीडितलाई उपचारकोलागि रकम प्रदान

Devghat Online

शेयर गरौ

४ कार्तिक, दमौली
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले तनहूँका मृगौला पीडितहरुलाई उपचारकोलागि रकम प्रदान गरेका छन् । संसद सचिवालयले दशै खर्च स्वरुप उपलब्ध गराएको रकम सांसद श्रेष्ठले जिल्लाका चार जना मृगौला पीडित व्यक्तिहरुको उपचारकोलागि उपलब्ध गराउने घोषणा गरे अनुरुप मंगलबार तिन जनालाई उपलब्ध गराएका हुन् ।

सांसद श्रेष्ठले सोमबार दशै खर्च स्वरुप प्राप्त भएको ६४ हजार रुपैयाँ मृगौला पीडितहरु व्यास नपा १ का अमृतबहादुर खत्री व्यास नपा १४ का सन्तोष राना, व्यास नपा १२ का अनुप क्षेत्री र व्यास नपा ४ का अब्दुल गफ्फारलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।

यस मध्ये व्यास १ का अमृतबहादुर खत्रीलाई सोमबार नै सांसद श्रेष्ठले रकम उपलब्ध गराएका थिए भने व्यास ४ का अब्दुल गफ्फार मियाँ र व्यास नपा १४ का सन्तोष रानालाई सांसद श्रेष्ठका स्वकीय सचिव जगत खड्काले रकम प्रदान गरेका थिए । व्यास नपा १२ का अनुप क्षेत्रीलाई बुधबार सो रकम उपलब्ध गराईने भएको छ । सांसद श्रेष्ठले चार जना मृगौला पीडितलाई १६÷१६ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण नागरिकहरु अक्रान्त बनेका छन् । देश विषम परिस्थिती र नागरिकहरु आर्थिक कठिनाईमा परेको बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेबारी भएको सांसद श्रेष्ठले बताएका छन् ।
सांसद श्रेष्ठले सांसदको रुपमा निर्वाचित भएर सपथ ग्रहण गरेपश्चात अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहूँ जिल्लाका विभिन्न संघ संस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी