४ असार, दमौली
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहूँका स्थानिय तह र अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । शनिबार तनहुँ आएका उनले कोरोना नियन्त्रणका लागी सघाउन अक्सिजन कन्सन्ट्रेटर सहितका विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
पौडेलले जिल्लाका १० वटै स्थानिय तहलाई १÷१ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा फेस माक्स, पिपीई डिस्पोजल र ह्यान्ड सेनिटाईजर वितरण गरे । लमजुङको मध्यनेपाल नगरपालिकालाई पनि अक्सिजन कन्सन्ट्रेटर सहितका समाग्री दिईएको छ ।
यस्तै, जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेचौतारा, दमौली अस्पताल दमौली, पुरनडिही अस्पताल भानु, बन्दीपुर अस्पताल बन्दीपुर र नेपाल पत्रकार महासंघ तनहुँलाई फेस माक्स, एन ९५ मास्क, ग्लोब्स, पिपीई, सेनिटाईजर लगायतका सामाग्री उपलब्ध गराएका छन् ।
दातृ संस्थासंगको समन्वयमो करिब ३५ लाख रुपैयाँको सामाग्री सहयोग गरेको पौडेलले जानकारी दिए । उनले विपतीको सामना गर्न सबै एकजुट हुनेपर्ने बताए । कोरोनाको उदाहरण दिदै उनले भने, ‘यो पार्टी, त्यो पार्टी भन्दा पनि सबै मान्छेमाथी आएको आपती छ ।
सबै मिलेर समाधान गर्नुप¥यो नि ।’ फरक प्रसंगमा उनले नेपाली कांग्रेसको काँधमा राष्ट्रको लोकतान्त्रिक प्रणाली बचाउने जिम्मेवारी रहेको जिकिर गरे ।

शुक्लागण्डकीको नीति तथा कार्यक्रम पारित, १ अर्व १३ करोडको बजेट पेश
तनहुँ । असार ८ शुक्लागण्डकी नगरपालिकाको आगामी आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम पारित












