प्रधानमन्त्री रोजगार कार्यक्रमः देवघाटमा २६ योजना सम्पन्न

Devghat Online

शेयर गरौ

असार १२, देवघाट
देवघाट गाउँपालिकाले चालु आर्थिक बर्षमा पारिश्रमिकमा आधारित प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २६ योजनाको काम गरेको जनाएको छ । गत बुधबार आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले कृषि, सिंचाई, वन तथा जलाधार, पर्यटन प्रबद्र्धन तथा श्रममूलक सामुदायिक आयोजनाको काम सकिएको र भुक्तानीको प्रकृयामा रहेको जनाए ।
चालु आर्थिक बर्षमा देवघाटलाई संघिय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न ९४ लाख ६० हजार रुपैयाँ विनियोजन भएको थियो ।
‘ईएमआईएसमा सूचीकृत २८३ जना मध्येवाट प्रथमिकताका आधारमा १ सय २४ बेरोजगार व्यक्तिहरुले विभिन्न सामुदायिक आयोजनामा औषतमा १ सय दिनको रोजगारी प्राप्त गरेका छन्’, अध्यक्ष थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा