असार १२, देवघाट
तनहूँको कर्णाली भनेर चिनिने देवघाट गाउँपालिकाले पछिल्लो वर्ष सडक पुर्वाधारको क्षेत्रमा फड्को मारेको छ । देवघाटको सबै वडामा सडक सुविधा पुगेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सडक पुर्वधारको क्षेत्रमा उल्लेख्य काम भएको बताए ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको समिक्षा गर्दै थापाले सबै वडामा सडक सुविधा पु¥यार्ईको र सबै सडकको गुरुयोजना बनाउने काम सुरु भएको बताए । सबै वडाहरुमा रहेको सडकहरुलाई मर्मत सम्भार गरिएको र प्रदेश सरकारको सशर्त अनुदान एक करोड बजेटबाट गाईघाट सिंच्याङ्ग छिपछिपे सानुभञ्ज्याङ्ग सडक अन्तर्गत गाईघाटदेखि सिंच्याङ्ग सम्मको सडक स्तरोन्नतिको कार्य भएको बताए ।
त्यस्तै देवघाट गाउँपालिकाको पहलमा सिन्च्याङ्ग सार्वाङ्ग साराङघाट मोटर मार्गको संघीय सरकारबाट समपुरक अनुदान अन्तर्गत रु. १ करोड ९८ लाख रकम विनियोजन समेत चालु आर्थिक वर्षमा भएको छ । देवघाट गाउँपालिकाको गौरवको योजना देवघाट–साउने–कर्ताप–फोस्रेपानी नयाँ ट्रयाक यस आ.व.मा प्रदेश र गाउँपालिकाको सहकार्यमा गाईघाट सिंच्याङ्ग छिपछिपे सानुभञ्ज्याङ्ग मोटर मार्गको खण्डमा जोडिने कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।
अन्य पुर्वाधार विकास कार्यक्रम तर्फ देवघाट स्वास्थ्य चौकीको स्तर वृद्दि भई १० बेडको आधारभूत अस्पताल निर्माण कार्य शुरु भएको छ भने गाउँपालिका कार्यालयका लागि भौतिक साधनहरुको व्यवस्थापन गरिएको छ । वडा नं. २ र ४ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको र गाउँपालिकाको सिटी हल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आईसकेको छ ।
वडा नम्बर ५ को क्यूदीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अगाडि बढिरहेको छ । वडा नम्बर २ को खाल्टे, वडा नम्बर ३ को दगरा र छिपछिपे भञ्ज्याङ्ग, वडा नम्बर ४ को ४ आमडाँडामा र वडा नम्बर ५ को देवपुर सामुदायिक भवन निर्माण सम्पन्न भईसकेको अध्यक्ष थापाले बताए ।
त्यसैगरि वडा नम्बर १ को कोटामा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको छ । वडा नम्बर १ को छरछरे झरनामा पिकनिक स्थल निर्माण कार्य सम्पन्न भएको छ । कोटामा छिमेकी आमा समुह भवन निर्माण कार्य सम्पन्न भएको छ भने कोटामा नै वृहत कालिकाटार खानेपानी तथा सरसफाई योजना सम्पन्न भई सञ्चालनमा आईसकेको छ । विद्युतको राष्ट्रिय प्रसारणको पहुँच नपुगेका वडाहरुमा विद्युत पु¥याउने कार्य भईरहेको अध्यक्ष थापाले बताए ।

देवघाटको चक्रवर्ती विद्यालयका ५० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण
देवघाट । बैशाख १५ देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर मनपा–१०, चितवन निवासी गिता राजभाटको सहयोगमा












