देवघाटका भुजेल समुदायलाई राहत वितरण

Devghat Online

शेयर गरौ

१३ असार, देवघाट
देवघाटका भुजेल समुदायलाई राहत वितरण गरिएको छ । कोभिड १९ को महामारीबाट पीडित भएका दुई सय ४० घर धुरी भुजेल समुदायलाई फिड द हङ्गग्री नेपालको आयोजना र नेप्लिज इन हङकङको आर्थिक सहयोग तथा इन्टर्क क्लब अफ बाल्मिकी शिक्षा सदनको साझेदारीमा राहत खाद्यान्न राहत विरण गरिएको हो ।

सो अवसरमा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण दैनिक ज्यालादारी मजदुरहरुको लागी लक्ष्यित गरि राहत वितरण गरेकोमा फिड द हङ्गग्री नेपाललाई धन्यवाद दिए, साथै अध्यक्ष थापाले आगामी दिनहरूमा पनि यसरी नै विभिन्न संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने बताए ।

यस्तै राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) को कारण निषेधाज्ञामा दैनिक ज्यालादारी मजदुरहरुको लागी चामल, दाल नुन तेल लगाएत खाद्यान्न सामाग्री सहयोगले केहि हद सम्म भए पनि समस्यमा परेका ब्याक्तीहरुलाई सहयोग पुग्ने फिड द हङ्गग्री नेपालका कोषाध्यक्ष प्रज्वल न्यौपाने बताए ।

सो कार्यक्रममा देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी, समाजसेवी सावित्री पौडेल, प्रेम बहादुर गुरुङ र इन्ट्र्क क्लब अफ बालमिकि शिक्षा सदनका अध्यक्ष अमृत ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी