देवघाट अनलाईन
१५ असार ।
देवघाट/भरतपुर महानगरपालिका वडा नं १० निवासी जमुना तिवारीले स्व. पति झ्याङ्गलाल तिवारीको चौथो स्मृति तथा पुण्यतिथिको अवसरमा देवघाटका वृद्धवृद्धालाई एकछाक खाना खुवाउनुभएको छ । स्व. पति झ्याङ्गलाल तिवारीको चौथो स्मृति तथा पुण्यतिथिको अवसरमा भरतपुर वडा नं १ देवघाटमा रहेको रोटरी करुणालय वृद्धाश्रम तथा थाहा सदावर्तमा रहेका १३५ वृद्धवृद्धाहरुलाई एकछाक खाना खुवाउनुभएको हो ।

उक्त खाना खुवाउने कार्यक्रममा स्वर्गीय झ्याङ्गलाल तिवारीका छोराहरु रामचन्द्र ,बिष्णुभक्त, टिकाराम, राजेन्द्र तिवारी, बुहारी लक्ष्मी तिवारी र रोटरी करुणालय वृद्धाश्रम तथा थाहा सदावर्तका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।














