चाडपर्व मनाउँदा कोभिडको जोखिमबाट बच्न प्रशासनको अनुरोध

Devghat Online

शेयर गरौ

दमौली, साउन १६
जिल्ला प्रशासन कार्यालय तनहूँले चाडपर्व मनाउँदा कोभिडको जोखिमबाट बच्न सर्वसाधरणलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले शुक्रबार सुचना प्रकाशन गरि जिल्लाको देवघाट, च्येवनधाम र दमौलीघाट लगायतका क्षेत्रमा साउनको सोमबार पुजा लगायतका कार्यमा सर्वसाधरणको भिडभाड हुने गरेको भन्दै जोखिमबाट बच्दै चाडपर्व मनाउनु र आफ्ना दैनिक कार्य गर्न अनुरोध गरेको छ ।

प्रशासनले जिल्लाभर साउन २० गतेसम्म निषेधाज्ञा लगाएको अवस्थामा नित्य पुजा बाहेक धार्मिक कार्य, पुजा पाठ र स्नानमा समेत रोक लगाईएको छ । कोरोना संक्रमणलाई थप फैलन नदिई सावधानी अपनाउन र सचेत रहनकालागि सर्वसाधरणलाई अनुरोध गरिएको छ ।

प्रशासन कार्यालयले साउनको सोमबारको पुजा लगायतका कार्यलाई सकभर जो जहाँ रहेका छौं, त्यही रही मनाउन र अनावश्यक भिडभाड नगरी आफ्नै परिवारका सदस्यका माझ मनाउन अनुरोध गरेको छ । त्यस्तै जिल्ला भित्र कुनै मेला, जात्रा र महोत्सव नगर्न पनि प्रशासनले सचेत गराएको छ ।

सवारी साधनहरुमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढि यात्रु नराख्न र सबै किसिमका स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ । त्यस्तै बजारमा भिडभाड नगर्ने, सामाजिक भौतिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, साबुन पानीले पटक पटक हात धुने र सेनीटाईजरको प्रयोग गर्ने तथा उद्योग व्यापार लगायतका व्यवसाय गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको अनिवार्य पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी