देवघाट, साउन २४
ईलाका प्रहरी कार्यालय देवघाटको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आईतबार देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने पवित्रधाम देवघाटको टाउन चोक देखी विभिन्न सार्वजनिक स्थानहरु वेणी संगम र नदीको किनार वरपर सरसफाइ गरिएको छ ।



सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले नेपालकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र देवघाटको सुन्दर महिमालाई संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए । अहिले महामारीको रुपमा फैलिएको कोभिडको कारण देवघाटधाममा आउने पर्यटकहरु संख्या अहिले सुन्य जस्तैः भएको उनले बताए ।
ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले समुदाय प्रहरी साझेदारी कार्यक्रम
अन्तरगत भएको सरसफाइ कार्यक्रम हरेक समुदायले अगाडी बढाउनुपर्ने बताए । साथै उनले आगामी दिनहरूमा पनि समुदायसँग यसैगरी समन्वय गरि अगाडी बढ्ने बताए ।
सो कार्यक्रममा देवघाट समुदाय प्रहरी साझेदारीका अध्यक्ष होम बहादुर भारती, देवघाट गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी बिष्णु कमली, चक्रबति टोल बिकास संस्थाका अध्यक्ष अनिल मिश्र, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे र रामहरि पुडासैनी लगाएतको सहभागिता रहेको थियो ।












