मिसन ग्रासरुट अभियानलाई चुनावी अभियानमा बदल्नुपर्नेः उपाध्यक्ष ज्ञवाली

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
डुम्रे, चैत १२
नेकपा एमाले क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा मिसन ग्रासरुट अभियान शनिबार तनहुँको क्षेत्र नम्बर १ को भन्सारमा सम्पन्न भयो । जिल्ला कमिटीमा उपाध्यक्ष एवं क्षेत्र नम्बर १ का संयोजक हरिराज कडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तनहुँ १ मा मिसन ग्रासरुट अभियानलाई चुनावी अभियानको रुपमा बदल्नु पर्ने बताए ।

उनले चुनाब एउटा लडाइँ हो, त्यो लडाइँ हामीले जित्नुपर्छ भन्दै उहाँले चुनाब बर्ग संघर्ष भएको बताए । चुनाब दुई वर्ग विचको लडाई हो, यो लडाईमा दलाल पुजिबादलाई पल्टाउनुपर्छु ज्ञवालीले भने प्रसस्त छलफल गर्नुपर्छ तर निर्णय गरेपछि त्यसलाई अक्षरस कार्यान्वयन गर्नुपर्छ, पार्टी पंक्ति एकताबद्ध भएमा गठबन्धनका उम्मेदवारलाई सजिलोसँग हराउन सकिन्छ ।


उम्मेदवार हुन कार्यकर्ताले मन पराउने मान्छे हुनुपर्छ, चुनाब जितेर मात्रै हुदैन, टिक्ने पनि हुनु पर्यो भन्दै उनले विगतमा धेरैले जितेर गएपनि टिक्न नसकेको बताए । संधै भरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिन्छ । सबै पार्टी कमिटी एकताबद्ध भएर चुनाबमा लाग्नुपर्ने उनको भनाई थियो । सुखी नेपाली समृद्ध नेपाल नेकपा एमालेको मुख्य ध्येय हो भन्दै उनले देश समृद्ध मात्र भएर हुदैन, जनता सुखी पनि हुनुपर्ने बताए । मिसन ग्रासरुट अभियानमा प्रत्येक टोलमा पुग्नुपर्ने भन्दै उनले यो अभियानले एमालेको उपचार गर्ने र रोगहरु हटाउछ र पार्टी पहिलेको भन्दा स्वस्थ बन्ने बताए ।


आफ्ना असन्तुष्टिलाई थाति राख्नुपर्छ । यो महाअभियान हो, सबै जना लाग्नुपर्ने उनले बताए । माओवादी र नेकपा एस भनेको कांग्रेसको दया र कृपाबाट दुईचार सिट लिएर बाच्ने पार्टी भएको भन्दै उनले कांग्रेसले भोट नहालेको भए माओवादी दुईचार सिट र माधव नेपालको पार्टी शून्य हुने बतए । कांग्रेसले माओवादी र माधव नेपाललाई प्रयोग गरेर नेपालमा कम्युनिस्ट पार्टी सिध्याउने योजनामा रहेको उनको भनाई थियो ।


सो कार्यक्रममा नेकपा एमालेकि सचिव एवं गन्डकी प्रदेश इन्चार्ज पदमा अर्यालले बैशाख १० गतेको चुनाबको परिणाम एमालेको पक्षमा ल्याउने गरि मिसन ग्रासरुट अभियान चलाउनुपर्ने बताइन । सो कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्यहरु विद्या भट्टराई, कृष्ण पौडेल, भगवती न्यौपाने, जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले मिसन ग्रासरुट अभियानको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू