राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ उपनिर्वाचन परिचालन संयोजकमा अर्याल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
चितवन, चैत १२
वैशाख १० मा हुने उपनिर्वाचनका पार्टीका उपसभापति डोलप्रसाद अर्यालालाई चितवन–२ निर्वाचनमा संयोजनको जिम्मेवारी दिइएको हो ।
त्यसैगरी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई तनहुँ–१ र केन्द्रीय सदस्य गणेश कार्कीलाई बारा–२ मा तोकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

चितवन–२ मा सभापति रवि लामिछाने नै उम्मेदवार हुनेछन् । अन्य दुई क्षेत्रको उम्मेदवार चयन भने भइसकेको छैन । आकांक्षीहरुका बीचमा प्रतिस्पर्धा गराएर उम्मेदवार चयन गरिने रास्वपाले जानकारी गराएको छ ।

बारा–२ मा उम्मेदवारी चयन तथा अन्य तयारीका लागि सांसद मनिष झा समेत खटिने भएका छन् । बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीको आन्तरिक तयारीका लागि आइतबार क्षेत्रमा सांसद झा जान लागेको केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।

उक्त क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पद रिक्त रहेको छ । कांग्रेस, माओवादी लगायतका सत्ताधारी दलले यस क्षेत्रमा जनता समाजवादी पार्टीलाई सघाउने संकेत गरेका छन् ।

तनहुँ १ मा निर्वाचन तयारी गर्नका लागि रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी खटिइसकेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि त्यहाँ पुन निर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को