देवघाट अनलाइन
देवघाट, चैत १२
पार्टी सुदृढीकरण तथा संगठन निर्माण एवं बिस्तारका लागि नेकपा एमालेले देशव्यापी रुपमा मिसन ग्रासरुट अभियान अन्तर्गत तनहुँको देवघाट गाउँपालिका–१ को कोटामा आईतबार वडा कमिटिको बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।




सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेलले तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुने हुँदा अव सबै कार्यकर्ताहरु निर्वाचन परिचालनमा खटिनु पर्ने बताए । मिसन ग्रासरुट अभियानलाई अव निर्वाचन परिचालन अभियानको रुपमा सन्चालन गर्नु पर्ने र पार्टीको पक्षमा परिणाम ल्याउनु पर्ने केन्द्रीय सदस्य पौडेलको भनाई थियो ।
उप निर्वाचनको परिणाम एमालेको पक्षमा ल्याएर वर्तमान सत्ताधारी गठबन्धनलाई जनताको माझ नंग्याउनु पर्ने केन्द्रीय सदस्य पौडेलको भनाई थियो । उनले मिसन ग्रासरुट अभियानले एमालेलाई थप मजबुद र संगठित बनाउने उनले बताए ।

वडा कमिटिका अध्यक्ष थमबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सदस्य शिवराज पौडेल, मणी गुरुङ, देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, सचिव भिम गुरुङ लगायतले मिसन ग्रासरुट अभियानको महत्वको बारेमा मन्तव्य राखेका थिए ।












