दमौली बजारमा एमालेको घर दैलो (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

नेकपा एमालेका कार्यकर्ताहरुले मंगलबार दमौली बजारमा घर दैलो अभियान सन्चालन गरेका छन् । एमालेका उम्मेदबार सर्वेन्द्र खनाल सहित एमालेका नेताहरुले मतदाताको घर घरमा पुगेर एमालेको पक्षा मत मागेका थिए ।

सो अवसरमा एमाले केन्द्रिय कमिटिका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रिय सचिव पदमा अर्याल, पोलिटुव्युरो सदस्य महेश बस्नेत, टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, सिमा क्षेत्री, राजिव पहारी, सविता रसाईली लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

घर दैलो पछि अनसन चौतारीमा आयोजित कोणसभामा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिजयी गराउन अपिल गरे । खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए ।

 

राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

एमालेले मंगलबार डुम्रे र आवुँखैरेनीमा पनि घर दैलो अभियान आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय