दमौली बजारमा एमालेको घर दैलो (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

नेकपा एमालेका कार्यकर्ताहरुले मंगलबार दमौली बजारमा घर दैलो अभियान सन्चालन गरेका छन् । एमालेका उम्मेदबार सर्वेन्द्र खनाल सहित एमालेका नेताहरुले मतदाताको घर घरमा पुगेर एमालेको पक्षा मत मागेका थिए ।

सो अवसरमा एमाले केन्द्रिय कमिटिका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रिय सचिव पदमा अर्याल, पोलिटुव्युरो सदस्य महेश बस्नेत, टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, सिमा क्षेत्री, राजिव पहारी, सविता रसाईली लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

घर दैलो पछि अनसन चौतारीमा आयोजित कोणसभामा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिजयी गराउन अपिल गरे । खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए ।

 

राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

एमालेले मंगलबार डुम्रे र आवुँखैरेनीमा पनि घर दैलो अभियान आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु