देवघाट अनलाइन
दमौली, बैशाख ५
जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर १ का सबै वडामा मतदाता शिक्षा सन्चालन गरिरहेको छ । कार्यालयले उक्त क्षेत्रको ४२ वटै वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत मतदाता शिक्षा सन्चालन गरिरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।
मतदाता शिक्षा कार्यक्रम गत बैशाख १ देखी सुरु भई ७ गतेसम्म सन्चालन हुनेछ । प्रत्येक वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकको रुपमा खटाईएको जिल्ला निर्वाचन अधिकारी ढकालले बताए ।
विगतको निर्वाचनमा मत बदरको संख्या धेरै भएको हुँदा मतदातालाई निर्वाचनको महत्व र मतदान गर्ने तरिका सिकाउने मतदाता शिक्षा अभियानको उद्देश्य रहेको ढकालले बताउनु भयो । मतदाता शिक्षा स्वयं सेवकले सबै वडाका सबै टोलमा पुगेर निर्वाचनको महत्व र मतदान गर्ने तरिकाको बारमो मतदातालाई जानकारी गराउनेछन् ।