गाउँ–गाउँमा मतदाता शिक्षा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर १ का सबै वडामा मतदाता शिक्षा सन्चालन गरिरहेको छ । कार्यालयले उक्त क्षेत्रको ४२ वटै वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत मतदाता शिक्षा सन्चालन गरिरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

मतदाता शिक्षा कार्यक्रम गत बैशाख १ देखी सुरु भई ७ गतेसम्म सन्चालन हुनेछ । प्रत्येक वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकको रुपमा खटाईएको जिल्ला निर्वाचन अधिकारी ढकालले बताए ।

विगतको निर्वाचनमा मत बदरको संख्या धेरै भएको हुँदा मतदातालाई निर्वाचनको महत्व र मतदान गर्ने तरिका सिकाउने मतदाता शिक्षा अभियानको उद्देश्य रहेको ढकालले बताउनु भयो । मतदाता शिक्षा स्वयं सेवकले सबै वडाका सबै टोलमा पुगेर निर्वाचनको महत्व र मतदान गर्ने तरिकाको बारमो मतदातालाई जानकारी गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी