स्वर्णिमलाई किसानको प्रश्नः रास्वपाका दाजु भाउजूले पेले कहाँ जानुहुन्छ ?

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ५

नेकपा एकृकीत समाजवादीका नेता एवंम् प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जाने हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार तनहुँको दमौलीमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सोधे, कांग्रेसका दाजुभाउजूको कारण देखाउँदै पार्टी छोड्नु भयो, तपाईंको स्वतन्त्र पार्टीका सभापति रवि र भाउजु निकिताबाट पनि तपाईं पेलिनुभयो भने कहाँ जानुहुन्छ ?

पार्टी सभापति शेरबहादुर देउवा र उनको पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको पेलानमा परेका कारण आफूले कांग्रेस छाडेको डा. वाग्लेले बताएका थिए । त्यही सन्दर्भ निकालेर श्रेष्ठले प्रश्न गरेका हुन् ।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दाजु भाउजूको कारण पार्टी नछाडेको र अहिले आएर अवसर पाएको भन्दै श्रेष्ठले तनहुँका जनताले भट्टराईलाई न्याय गर्नु पर्ने बताए ।

तनहुँको आफूले बारा ४ बाट चुनाव जितेको र तनहुँकै प्रदीप पौडेलले काठमाडौं ५ मा चुनाव जितेको प्रशंग निकालेका उनले भने, तनहुँ फोहोर फाल्ने ठाउँ होइन, बाहिरबाट जो कोही आएर चुनाव लड्नलाई, यहाँबाट त नेता नियात गर्ने हो, आयात होइन ।

सांसद श्रेष्ठले भाषणको क्रममा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको विषयमा भने केहि पनि बोलेनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य