पृथ्वी राजमार्ग विस्तार कार्यलाई तिब्रता दिने बारेमा एमाले उम्मेदबार खनालको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनाल मंगलबार चुनावी अभियानको कार्यक्रम अन्तर्गत डुम्रे र आवुँखैरेनी बजारमा घर दैलो गर्न गएका थिए । डुम्रे र आवुँखैरेनीमा घर दैलो गरिरहँदा त्यहाँका अधिकांश मतदाताले आफुहरुलाई अहिले सबैभन्दा महत्वपुर्ण आवश्यकता भनेकै धुलो र हिलोमुक्त पृथ्वीराजमार्ग बनाउनु पर्ने रहेको बताए ।

पानी हाल्दा हिलो र पानी नहाल्दा धुलो यो डुम्रे र आवुँखैरेनीका नागरिकको मात्रै समस्या हैन, उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर १ को मुग्लिङ्ग पुलजिप देखी दमौली सम्मकै नागरिकको समस्या हो । राजमार्गको दायाँ वायाँ रहेका हरेक नागरिकको एक मात्रै गुनासो अहिले राजमार्ग नै हो । धुलोले राजमार्ग क्षेत्रका अधिकांश नागरिक विरामी पनि परिसके । जुन उम्मेदबार पुगेपनि अहिले त्यस क्षेत्रका नागरिकले भन्ने एउटै मात्र गुनासो हुन्छ, यो राजमार्ग कहिले बन्छ ?

तनहुँ क्षेत्र नम्बर १ मा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त भनिएका अर्थविद र आफुलाई पानी मान्छे भन्न्ने उम्मेदबारहरु चुनावी मैदानमा छन् । तर जनताले प्रतक्ष्य भोगेको समस्याको विषयमा कुनै उम्मेदबारले बोल्न नसकेको डुम्रेका एक नागरिकले बताए । त्यसैक्रममा मंगलबार डुम्रे र आवुँखैरेनीमा मतदातालाई भेट्न पुगेका एमालेका उम्मेदबार सर्वेन्द्र खनालसँग पनि त्यस क्षेत्रका मतदाताले यो राजमार्ग चाँडो बनाउने प्रतिबद्धता जनाएमा सहयोग गर्ने बताए ।

एमाले उम्मेदबार सर्वेन्द्र खनालले आफु गफमा भन्दा काममा नै बढि विश्वास गर्ने हुँदा बोलेको कुरालाई जुनसुकै हालतमा पनि पुरा गरेरै छाड्ने बताए । उनले राजमार्ग विस्तार कार्य निकै सुस्त गतिमा भईरहेको गुनासो धेरै आइरहेको हुँदा राजमार्ग विस्तारको कामलाई तिब्र गतिमा अघि बढाउने विषयमा गम्भिर ध्यानाकर्षण भएको बताए । कामलाई तिन सिफ्टमा गरेर २४ सै घन्टा सन्चालन गर्ने, आवश्यक कच्च पदार्थको अभाव हुन नदिने, तथा आवश्यक जनशक्ति र श्रोत साधन प्रयोग गर्ने बारेमा राजमार्ग विस्तारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताए । आफु यस क्षेत्रबाट निर्वाचित भएर संसदमा गईसकेपछि पनि यसबारेमा निरन्तर आवाज उठाउने र कार्यान्वयन पनि गराउने खनालले बताए ।

घर दैलो तथा सो अवसरमा आयोजित चुनावी सभामा खनालले आफु जागिरे जिवनमा अपराधमुक्त समाज निर्माणकोलागि सक्रिय भएको र अव राजनीतिकको अपराध सङ्लो बनाउन चुनावी मैदानमा आएको बताए । उनले सांसदमा निर्वाचित भएपछि अपराधीलाई कडा भन्दा कडा कारवाही गर्ने कानुन बनाउन पहल गर्ने बताएका छन् ।

खनालले आफु प्रहरी सेवामा हुँदा अपराधीलाई कारवाहीको दायरामा ल्याएपनि कानुनमा भएको छिद्र प्रयोग गरेर अपराधीहरुले उन्मुक्ति पाउने गरेको बताए । अव आफ्नो मुख्य ध्यान कानुनका ति छिद्रहरु टाल्ने भएको हुँदा त्यसकोलागि संसदमा जानु पर्ने आवश्यकता भएको उनले बताए । खनालले आफ्नो प्रहरी सेवाको क्रममा आफ्नो मुख्य ध्यान अपराध नियन्त्रण, शुशासन, भ्रष्टाचारको अन्त्य, गुन्डाराजको अन्त्य, मिटरव्याजीहरुलाई निस्तेज, अपहरणकारी, हप्ता अशुली, विद्युत चुहावट, म्याज फिक्सिङ, मानव बेचबिखन, दाईजो प्रथा जस्ता कुरीति र अपराधलाई जरैदेखी उखेल्ने प्रयास भएको बताए । तर त्यस्ता अपराधीहरुको विरुद्धमा प्रहरीले मुद्धा चलाईसकेपछि कानुनका छिद्र प्रयोग गरेर उनीहरुले उन्मुक्ति पाउने र त्यस्तै अपराधीहरु अहिले राजनीतिको मुलधारमा समेत आएको भन्दै खनालले त्यही कानुनको छिद्रलाई टाल्न आफु पनि राजनीतिको मैदानमा आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म