ट्राफिक सप्ताहको अवसरमा सवारी चालकको स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २९

ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले शुक्रबार दमौलीमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

सवारी चालक स्वस्थ भएमा मात्रै राम्रोसँग सवारी चलाउन सक्ने हुदा चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए । सो अवसरमा करिब ७० जना चालकको आँखा, रक्तचाप तथा मुटुको परिक्षण गरिएको थियो ।

सवारी दुर्घटना न्युनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाईरहेको छ । यसै अवसरमा भोलि शनिबार दमौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो