गन्डकी प्रदेशको मन्त्री परिषदले पुर्णता पायो, तनहुँका आले अर्थमन्त्री

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३० 

गन्डकी प्रदेश सरकारको मन्त्री परिषदले पुर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्र पान्डेले शुक्रबार मन्त्री परिषद्लाई पुर्णता दिएका हुन् ।

७ सदस्यीय मन्त्री परिषदमा मुख्य मन्त्री पान्डे सहित नेपाली कांग्रेसका ५ जना र नेकपा माओवादी केन्द्रका २ जना रहेका छन् । सरकारलाई विश्वासको मत दिएको नेकपा एकीकत समाजबादीलाई भने गन्डकीको मन्त्री परिषदमा सहभागी गराईएको छैन । गन्डकीमा नेकपा एसको १ जना सांसद दिपक मनाङे छन् ।

तनहुँका सांसद जितप्रकाश आले आर्थिक मामिला मन्त्री बनेका छन् । आले तनहुँ क्षेत्र नम्बर २ को ख बाट निर्वाचित भएका थिए । आले नेपाली कांग्रेस तनहुँका सभापति समेत हुन् ।

मन्त्रीपरिषदमा मुख्यमन्त्री पान्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडा, उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री सरस्वती अर्याल तिवारी, कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसि, भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, आर्थिक मामिला मन्त्री जितप्रकाश आले र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा रहेका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार सांझ सपथग्रहण तथा पदबहाली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न